काठमाडौँ महानगरपालिकाद्वारा शिक्षण अस्पताललाई १ करोड ७० लाख रुपैयाँ बराबरका उपकरण हस्तान्तरण

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिकाले शिक्षण अस्पताल महाराजगन्जको ओपीडी सेवालाई बिरामीमैत्री बनाउन १ करोड ७० लाख रुपैँया बराबरका उपकरण हस्तान्तरण गरेको छ । बिहीबार अस्पतालमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले अस्पतालका  प्रमुख प्रा डा सुवास आचार्यलाई हस्तान्तरण गरेकी हुन् ।

यसरी प्रदान गरिएका प्रविधि, साधन तथा उपकरणहरुमा शुल्क भुक्तानी गर्न सकिने, रिपोर्ट बिरामी आफैँले प्रिन्ट गर्न सक्ने, उपचारका लागि घरबाटै पैसा डिपोजिट गर्न सकिने सुविधा भएका १६ वटा इन्टर्‍याक्टिभ किओक्स मेसिन, रिपोर्ट तथा परीक्षण लगायत उपचारसँग सम्बन्धित सबै विवरण एकै ठाउँमा हेर्न सकिने ६५ वटा अल इन वन डेक्सटप छन् । यस्तै, चुस्त सेवाका लागि सर्भर र र्‍यामको क्षमता वृद्धि गरिएको छ । यसरी प्रदान गरिएको प्रविधि, साधन र उपकरणहरु सार्वजनिक खरि प्रक्रियाबाट १ करोड ७० लाख १६ हजार ६७० रुपैयाँमा प्राप्त भएकाे जनाएको छ ।

उपकरण हस्तान्तरण गर्दै कार्यबाहक प्रमुख डंगोलले सरकारी अस्पतालहरुमा उपचार गराउन घण्टौँसम्म लाइन बसिरहनु पर्ने, पैसा तिर्न लामो लाइनमा बसेर समय खर्च गर्नु पर्ने अवस्था अन्त्य गरेर नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच बढाउन अस्पताललाई सहयोग गरिएको बताइन् । ‘बिरामी र बिरामीका आफन्तलाई त्यत्तिकै पनि पीडा भइरहेको हुन्छ । उहाँहरुलाई उपचार गराउने क्रममा झन पीडा र सकस नहोस् । पैसा तिर्न र ओपीडीको टिकट काट्न घण्टौँ लाइनमा बस्नु नपरोस् । यसलाई प्रविधिको प्रयोगबाट सुधार गर्न सम्भव छ । यसका लागि हाममीले सहयोग गरेका हौँ’, उनले भनिन्, । ‘हामीले उपलब्ध गराएको सहयोगबाट सर्वसाधारणलाई सेवा लिन सहज हुनेछ । यसकारण अस्पतालसँगको सहकार्यलाई हामीले विशेष मानेका छौँ । हामीले आजको दिनलाई विशेष ठानेका छौँ ।’ महानगरपालिकाको संस्थागत जगको कुरा गर्दै उनले, सहर सफा गर्ने दायित्व दिएर स्थापना गरिएको अड्डा अहिले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, वातावरण, आर्थिक तथा सामाजिक विकास, सम्पदा तथा पर्यटनसहित नागरिकसँग जोडिएका सबै सेवा प्रदान गर्ने स्थानमा पुगेको बताउँदै अस्पतालसँगको सहकार्यमा टेलि सर्भिस सञ्चालन गर्न सकिने बताइन्। ‘स्थानीय सरकारका हैसियतले महानगरपालिका हरेक नागरिकसँग जोडिएका सवालमा संवेदनशील छ । नागरिकका आवश्यकतालाई महसुस गरेर काम सम्पादन गर्छ’, उनले भनिन्  ।

त्यस क्रममा अस्पतालका प्रमुख प्रा. डा. आचार्यले महानगरपालिकाबाट प्रदान गरिएको प्रविधि, जडान गरिएका साधन तथा उपकरणको प्रयोगका विषयमा प्रस्तुतिकरण गर्दै विरामीमैत्री सेवा व्यवस्थापनमा महानगरपालिकाबाट प्राप्त सहयोगले रुपान्तरण गर्न सम्भव भएको उल्लेख गरे । ‘पहिलो चरणको सहयोगबाट महसुस गर्न सकिने सेवा दिन सकिएको छ । दोस्रो चरणमा पनि सहयोग हुने अपेक्षा गरेका छौँ । यसपछि अस्पतालबाट प्रदान गरिने क्यान्सर उपचारका अधिकांश सेवालाई पेपरलेस र फेसलेस बनाउन सकिन्छ’, उनले भने ।

कार्यक्रममा अस्पतालका उपनिर्देशक प्रा. डा. पवनराज चालिसे र प्रा. डा. गोपाल सेढाइँले, महानगरपालिकाबाट अस्पतालले नियमित सहयोग प्राप्त गरिरहेको बताउँदै यो सहयोगबाट अस्पतालको सेवा व्यवस्थापनमा सहज भएको धारणा राखेका छन् । महानगरपालिकाले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भेन्टिलेटर मेसिनहरु, त्यसपछि सिटी स्क्यान मेसिन, अस्पतालको वेड क्यु सिस्टम व्यवस्थापन प्रणाली लगायत सहयोग उपलब्ध गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीलाई गृहजिल्ला फर्काइने, सरकारले भन्यो : पालिकामा सम्पर्क गर्नू

काठमाडौं, ०६ साउन । सरकारले काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका सुकुम्बासीलाई गृहजिल्ला फर्काउने प्रक्रिया अघि बढाएको छ ।...

माइतीघर डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यबाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं, ०६ साउन । काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले माइतीघर क्षेत्रको डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न...

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

काठमाडौं, ०६ साउन । व्यवसायी शंकर अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरमा फरार रहेका उनलाई पक्राउ...

वडाबासीको ‘सुख-दु:खको साथ’ मा सूर्यविनायक-८

भक्तपुर, ०६ साउन । सूर्यविनायक नगरपालिका-८ ले वडाबासीका सुख र दुःखका क्षणमा साथ दिने उद्देश्यसहित ‘सुख-दुःखको साथ’ कार्यक्रम...