महिलाका लागि ‘ब्लु बस’ संचालन गर्ने

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १६ जेठ । सरकारले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरासहितको आधुनिक ‘ब्लु बस’ सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने जनाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिकवर्ष ०८३/८४ को बजेटमा यस्तो घोषणा गरेका हुन् ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले  १३ चैत २०८२ मा सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरूमा ‘ब्लु बस’ सेवाबारे पनि उल्लेख छ । पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने सरकारको योजना अघि सारेको छ ।  त्यसबेला  सरकारले महिलाहरुको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा नि:शुल्क ब्लु बस सेवा सञ्चालन गर्ने जनाएको थियो ।
यसअघि रास्वपा सभापति रवि लामिछानेले २०८० वैशाख आफ्नो निर्वाचन क्षेत्र चितवन-२ मा महिलाका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका थिए ।
चितवन-२ का महिलाका लागि ३२ सिट क्षमताको बस सञ्चालन गरिएको छ । नीलो रङको बसलाई ‘ब्लु बस’ नाम दिइएको छ । तर, अहिले भने उक्त बस सञ्चालनमा छैन । 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...