आकर्षक जागिरको प्रलोभनमा भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ नेपालीको उद्धार

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १६ जेठ । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाएर राखिएका ४ सय ५३ नेपालीको उद्धार गरिएको छ । भारतीय प्रहरीको सहयोगमा रूपन्देही प्रहरीले शुक्रबार उद्धार गरेर शनिबार नेपाल ल्याइएको हो । गएराति भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोलीले कुशीनगरबाटै उद्धार गरेको हो ।
आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर नेपालीहरूकै एक गिरोहले नेपालका विभिन्न जिल्लाका युवायुवतीलाई कुशीनगर पुर्‌याएर बन्धक बनाइरहेको सूचना पाएपछि लुम्बिनी प्रदेश र रूपन्देही प्रहरीले अपरेसन सुरू गरेको थियो । नेपाल प्रहरीको अपरेसनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि महत्वपूर्ण सहयोग गरेका थिए । बन्धक बनाउने गिरोहले नेपालबाट आकर्षक जागिरको प्रलोभन देखाएर सुनौली हुँदै कुशीनगर पुर्याउने र त्यहाँ प्रति व्यक्ति ७ हजार भारतीय रूपैयाँदेखि १ लाखसम्म  रकम असुल गरेर सदस्यता विस्तार गर्दै नेटवर्किंङ व्यवसायको शैलीमा सदस्यता बिस्तार गर्दै लैजाने गरेका थिए ।

कुशीनगरमा लुम्बिनी प्रदेश, कोशी प र सुदूरपश्चिम प्रदेशका गरी कम्तीमा एक हजार युवायुवतीलाई लगेर बन्दी बनाइएको सूचना प्राप्त गरेको रूपन्देही प्रहरी प्रमुख जनकबहादुर शाहीले बताए । ‘त्यही सूचनाका आधारमा पिछा गरेर बन्धक बनाएर राखिएको स्थल पत्ता लागेपछि भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको हो,’ उनले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’ कुशीनगरमा बन्धक बनाएर फिरौती रकमसमेत माग गरिएको भन्दै पीडितका आफन्तले ईलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । प्रहरीले त्यही उजुरीका आधारमा अनुसन्धान सुरू गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए । ‘चार दिनको निरन्तर प्रयासपछि उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय प्रहरीको सहयोगमा पीडितको उद्धार गर्न सफल भएका छौं,’ उनले भने, ‘नेपालका विभिन्न जिल्लाबाट त्यहाँ पुर्‌याएर प्रति सदस्य १ लाख भारतीय रूपैयाँ शुल्क लिएर सदस्यता बिस्तार गर्ने र सदस्य बन्न नसक्नेहरूको परिवारलाई धम्क्याएर रकम असुलीको प्रयास गर्ने गरेको देखिएको छ ।’
जागिरको प्रलोभनमा त्यहाँ पुर्याइएका युवायुवतीलाई एक समूहले तालिम दिने र अर्को समूहले सदस्यता शुल्क लिएर सदस्य बिस्तारमा लगाउने गरेको उनले बताए ।
प्रहरीले अहिले बन्धक बनाउने र पीडित सबैलाई ८ वटा भारतीय बसमार्फत नेपाल ल्याएको छ । सबैलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको छ । तीमध्ये बन्धक बनाउनेको मुख्य गिरोह पहिचान गरेपछि बन्धक बनाएकाहरूलाई परिवारको जिम्मा लगाएर थप अनुसन्धान सुरू गर्ने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...