सुनको भाउ ३ लाख नाघ्यो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २९ वैशाख । सुनको भाउ फेरि ३ लाख रुपैयाँ नाघेको छ । सोमबारको तुलनामा मंगलबार एकैदिन प्रतितोला ४ हजार ४ सय रुपैयाँले मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ तोकेको छ । सोमबार २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा वृद्धि भएको छ । एकैदिन प्रतितोला ३५५ रुपैयाँ (६.६ प्रतिशत)ले चाँदी बढेको हो । महासंघले मंगलबार  चाँदीको मूल्य प्रतितोला ५ हजार ६९५ रुपैयाँ तोकेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...