२,९७५ जना महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण : ६० जनामा एचपीभी पोजेटिभ 

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २९ वैशाख । १ हजार ७ सय जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँचको रिपोर्ट आउँदा ६० जनाको रिपोर्टमा एचपीभी पोजेटिभ देखिएको छ । काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा २०८२ चैत १६ गतेदेखि २०८३ वैशाख २१ गतेसम्ममा महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण तथा प्रारम्भिक उपचारका क्रममा एचपीभी जाँच गरिएका २ हजार ७७९ जना महिलामध्ये १ हजार ७ सय जनाको रिपोर्ट आउँदा यो अवस्था देखिएको हो । उनीहरुमध्ये १८ जनाको कल्पोस्कोपी गरिएको छ । रिपोर्टमा पोजेटिभ देखिएका महिलाहरुलाई हरेक बुधबार र शुक्रबार वीर अस्पतालमा बोलाएर कल्पोस्कोपी गर्ने गरिएको छ । यस्तै, स्तन, पाठेघरको भिडियो एक्सरे र स्तनको मेमोग्रामका लागि तालिका मिलाएर बिरामीहरुलाई बोलाउने गरिएको छ ।
यसरी गरिने जाँच र प्रारम्भिक उपचारका लागि लाग्ने शुल्क महानगरपालिकाले व्यहोरेको जनाएको छ । सेवाग्राहीलाई जँचाएको र प्रारम्भिक उपचार गरेको कुनै शुल्क लाग्दैन ।

एचपीभी पोजेटिभ हुनु क्यान्सर हुनु होइन । यसबाट संक्रमण भएर क्यान्सर हुन सक्ने जोखिम चाहिँ हो । सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया क्यान्सरको प्रारम्भिक अवस्था हो । यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टु र तेस्रोलाई सिआइएन थ्री भनिन्छ ।
क्यान्सर परीक्षण गरिएको ३५ दिन अवधिमा ३ हजार ४९४ जनाले जाँच गराउन स्वास्थ्य प्रवर्धन केन्द्रमा नाम दर्ता गरेर रिफरल स्लिप लिएको कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टले जानकारी दिइन् । रिफरल स्लिप लिएका मध्ये २ हजार ९७५ जना मात्र जाँचका लागि अस्पताल आएका छन् । २ हजार ७७९ जनाको एचपीभी, २ हजार ९६४ जनाको स्तन क्यान्सर परीक्षण गरिएको छ। उनीहरुमध्ये ४११ जनाको मेमोग्राम, ५९ जनाको पाठेघरको र ३६५ जनाको स्तनको गरी ४९४ जनाको भिडियो एक्सरे गरिएको छ ।
४५ जनाको पाठेघरको मुखमा मासु पलाएको (सर्भाइकल पोलिप) देखिएको छ । २ जनाको पाठेघरमा पलाएको मासु फालिएको छ । ३ जनाको आङ् खसेको छ भने ८ जनामा पाठेघरको मुखमा संक्रमण (पीआइडी) देखिएको छ ।
ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ वर्षदेखि १० वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । ३० वर्षदेखि ६० वर्ष समूहका महिलाले हरेक ५ वर्षमा एकपटक यसको परीक्षण गराउनुपर्ने चिकित्सकको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

टिकटकर तुलसा अधिकारी पक्राउ

काठमाडौं, १७ जेठ । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई थाइल्यान्डबाट...

सुनको भाउ २० हजार ५ सय बढ्यो

काठमाडौं, १७ जेठ । केही दिनयता ओरालो लागेको सुनको मूल्य आज (आइतबार) ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी...

हेटौंडा-काठमाडौं जोड्ने चित्लाङ-थानकोट सडक दुईसाता बन्द

काठमाडौं, १७ जेठ । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको चित्लाङ-थानकोट सडकमार्गमा आइतबारदेखि सवारी साधन आवागमन बन्द गरिने भएको छ...

निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बीमा सेवा बन्द

काठमाडौं, १६ जेठ । स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय संकट गहिरिँदै जाँदा आज (शनिबार) देखि निजी अस्पतालमा आकस्मिक सेवाबाहेक...