काठमाडौं महानगरका ४ विद्यालयको शतप्रतिशत नतिजा, सामुदायिक विद्यालयहरुबाट एसईईमा ७६.७५ प्रतिशत विद्यार्थी ग्रेडेड

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३० वैशाख । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट ३ हजार १९८ जना (७६.७५ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् । परीक्षामा सामेल ६० वटा विद्यालयमध्ये केन्द्रीय बहिरा माध्यमिक विद्यालय, श्रम राष्ट्रिय माध्यमिक विद्यालय, बाल व्यवसायी माध्यमिक विद्यालय र बाल सेवा माध्यमिक विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका छन् । परीक्षामा सहभागी ४ हजार १६७ जना विद्यार्थीमध्ये ४ जीपीए प्राप्त गर्ने २८ जना विद्यार्थी छन् । उनीहरुमध्ये ज्ञानोदय माध्यमिक विद्यालयका २१ जना, तरुण मा. वि. का १ जना, शिवपुरी मा. वि. का १ जना, विश्व निकेतन मा. वि. का ३ जना र रत्नराज्य मा. वि. का २ जना विद्यार्थी छन् । गतवर्ष १७ जनाले ४ जीपीए प्राप्त गरेका थिए ।

गतवर्ष ४ हजार ८५ जना परीक्षार्थीमध्ये ३ हजार १०९ जना (७६.०८ प्रतिशत) ग्रेडेड थिए । यस वर्ष ८२ जना बढी विद्यार्थी परीक्षामा सहभागी भए । गतवर्षभन्दा यो वर्ष ०.६७ प्रतिशत बढी विद्यार्थी ग्रेडेड भएका हुन् । उनीहरुमध्ये ३.६ देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ५४३ जना छ । ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार ४ जना, २.८ देखि ३.२ जीपीए ल्याउने १ हजार १५३ जना, २.४ देखि २.८ जीपीए ल्याउने ४६९ जना, २.० देखि २.४ जीपीए ल्याउने १४ जना छन् । यसमा गएको वर्ष क्रमशः ७७४ जना, १ हजार १५६ जना, ९०२ जना, २४६ जना र १४ जना थियो । यो नतिजा हेर्दा यसरी हेर्दा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीको संख्या वृद्धि भइरहेको र तल्लो तहको जीपीए प्राप्त गर्ने विद्यार्थीहरुको संख्या घट्दै गएको छ । गतवर्ष ९७६ जना नटग्रेडेड थिए । यस वर्ष ९६९ जना नटग्रेडेड छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...