एसईईको रिजल्ट सार्वजनिक, ६५.९८ विद्यार्थी उत्तीर्ण

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २९ वैशाख  । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट सोमबार राती  सार्वजनिक गरेको छ । सरकारले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम डेटलाइन दिएपछि बोर्डले तिब्र गतिमा तयारी गरि परीक्षा सम्पन्न भएको २९ दिनमै नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार राती सवा नौ बजे गरेको पत्रकार सम्मेलनमा एसईइमा ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा सचिव चुडामणि पौडेलले जानकारी दिए ।
परीक्षामा २ लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका र १ लाख ४६ हजार ५०७ परक्षिार्थी ननग्रेडेड भएको जानकारी दिएको छ ।  यसपटक एसइईमा दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्रले परीक्षाको फाराम भरेकोमा चार लाख ३० हजार ६६७ जना परीक्षामा सहभागी भएका थिए ।
नतिजाको अनुसार ४८ हजार ३९२ परीक्षार्थीले सबैभन्दा उच्च जीपीए अर्थात् ३.६० देखि ४.०० ल्याएका छन् । ८० हजार ३७२ जनाले ३.२० देखि ३.६० जीपीए ल्याएका छन् ।
त्यस्तै, ९४ हजार २२२ जनाले २.८० देखि ३.२० जीपीए, ५५ हजार ९७७ जनाले २.४० देखि २.८० जीपीए,  पाँच हजार १९० जनाले २.०० देखि २.४० जीपीए र सात जनाले १.६० देखि २.०० जीपीए ल्याएका छन् ।
एनजी प्राप्त गर्ने विद्यार्थीहरूले पुनः ग्रेड वृद्धि परीक्षा दिनु पर्नेछ । दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिनेछ र भने सोभन्दा बढी विषयमा एनजी आउनेले अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने व्यबस्था गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
यसवर्ष एक महिना भित्र नतिजा सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको निर्देशनपछि बोर्डले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गराएको थियो भने बैशाख ५ गतेसम्ममा देशैभरका कापी बोर्डको कार्यालयमा संकलन गरी नतिजा अध्यावधिक गर्ने, कम्प्युटरमा इन्ट्रि गर्ने कार्य थालिएको थियो ।  गतवर्ष असार १३ गते परीक्षाफल सार्वजनिक गरेको थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...