महायज्ञमा चाँगुनारायणका उपप्रमुख बुढाथोकीको १ लाख ५५ हजार सहयोग, ५० लाख बजेटको प्रतिबद्धता

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २८ वैशाख । चाँगुनारायण नगरपालिका-९ खड्का टोल हाइटमा जारी श्रीमद् शिव महापुराण एकादश दिवसीय ज्ञान महायज्ञमा चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले मन्दिर निर्माणका लागि आर्थिक सहयोग तथा बजेट प्रतिबद्धता जनाएका छन् ।
महायज्ञको अवसरमा उपमेयर बुढाथोकीले आफ्नो व्यक्तिगत तर्फबाट १ लाख ५५ हजार ५ सय ५ रुपैयाँ सहयोग प्रदान गरेका हुन् । साथै आगामी आर्थिक वर्षको बजेटमार्फत मन्दिर निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
मूल समारोह समितिले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा उपमेयर बुढाथोकीले देखाएको सहयोग र प्रतिबद्धताको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेको छ । समितिले मन्दिर निर्माणको अभियानमा विभिन्न क्षेत्रबाट सहयोग जुट्दै गएको जनाएको छ । चाँगुनारायण नगरपालिका-९ मा जारी महायज्ञमा दैनिक धार्मिक प्रवचन, पूजा-आराधना तथा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...