निःशुल्क पिउने पानी वुथबाट पिउनका लागि मात्र पानी लिन महानगरपालिकाको आग्रह 

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २८ वैशाख । काठमाडौं महानगरपालिकाले निःशुल्क पिउनेपानी बुथबाट पिउनका लागि मात्र लिन आग्रह गरेको छ । सोमबार सूचना निकालेर  काठमाडौंका विभिन्न आठ ठाउँमा निःशुल्क पिउनेपानी बुथबाट पिउनेपानी उपलब्ध भएको जनाउँदै खुला मञ्चमा भएको बुथमा एकजना ज्येष्ठ नागरिकले आएर भित्री कपडा धाेएकाे फुटेज सिसिटिभी क्यामेरामा देखिएकाले त्यस्तो नगर्न आग्रह गरेको छ ।

त्यस्तै, वैशाख ५ गते भेहिकल फ्री असन कार्यक्रम सुरु हुने वेलामा जमलमा भएको वाटर बुथबाट बोतलमा पानी थापेर मःमः पकाउन लगेको दृश्य विभागका अधिकारीकै सामुन्ने भएको देखिएको महानगरले जनाएको छ । <span;>वडा नम्बर  ५ को बुथमा होलीका दिन डेढ घण्टामा तीन हजार लिटर पानी रित्तिएपछि महानगरले  खोज्न सिसिटिभी फुटेज हेर्दा होली खेल्न बुथको पानी प्रयोग भएको  देखिएको जनाएको छ ।
काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा पछिल्लो समय ८ वटा निःशुल्क वाटर एटीएम वुथ सञ्चालनमा ल्याएको छ । निर्माणपछि प्रयोग परीक्षण गरेपछि २०८३ वैशाख ५ गते यी वुथहरुको औपचारिक शुभारम्भ गरिएको हो । त्यस दिन काठमाडौँ महानगरपालिकाका कार्यबाहक प्रमुख डंगोलले, भेहिकल फ्री असन कार्यक्रमसँगै यी वुथको उद्घाटन गरेकी हुन् । यी ८ वटा वुथको निर्माण लागत २ करोड ६० लाख रुपियाँ हो । यी वुथबाट राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ स्तरको पिउने पानी निःशुल्क उपलब्ध हुन्छ ।
नेपाली मौलिक शैलीमा निर्माण गरिएका यी वुथहरुमा ३ हजार लिटर पानी भण्डारण क्षमता छ । काठमाडौँको खुला मञ्च, महावौद्ध, दरबार हाइस्कूलको कम्पाउण्ड (जमलबाट कमलाछी जाने सडक), राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, वडा नं. १७ लिङ्क रोड ढल्को चोक, वडा नं. ५ नरःदे (हाँडीगाउँ), वडा नं. २६ परिसर र वडा नं. ३१ परिसरमा यो प्रणाली जडान भएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...