‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड-२०८२’ बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, २९ चैत । ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड-२०८२’ बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेको छ । ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गरी बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले विद्यालयहरुमा स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट योगदान पुर्‍याएबापत स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिले ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२’ प्रदान गरेका हो।

प्रालिको दशौं वार्षिकोत्सबको अवसरमा शनिबार आयोजित गरेको अवार्ड वितरण कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्री सुधा गौतम शर्माले बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको अवार्ड स्वास्थ्य मन्त्री किरण थापा र स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले ग्रहण गरेका हुन् । अवार्ड ग्रहण गर्दै स्वास्थ्य मन्त्री किरण थापाले मन्त्रालयले गरेको ‘एक विद्यालय एक नर्स’ अभियानको सही मूल्यांकन भएको बताएका छन् । ‘अवार्डले विद्यालयस्तरमा स्वास्थ्य सेवा विस्तार गर्दै विद्यार्थीहरूको स्वास्थ्य सुधारमा थप टेवा दिन प्रेरणा मिलेको छ,’ उनले भने ।

त्यसैगरी, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले मन्त्रालयले सम्मान प्राप्त गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर सुधार र विद्यालयस्तरमा स्वास्थ्य पहुँच विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहने बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर नगरभित्र सञ्चालित विद्यालय पूर्ववत् रूपमै सञ्चालन हुने

भक्तपुर, ४ वैशाख । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने भएका छन् । नगर...

शनिबार सल्लाघारीमा विषेश कन्शर्ट

भक्तपुर, ४ वैशाख । वैशाख ५ गते (शनिबार) भक्तपुरको सल्लाघारीमा विषेश कन्शर्ट हुने भएको छ । भक्तपुर औद्योगिक...

सुजन बाग श्रेष्ठले चौथो पल्ट जिब्रो छेडाए

भक्तपुर, २ वैशाख । मध्यपुर थिमि नगरपालिका-८ बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले बिस्काः (बिस्केट) जात्रामा जिब्रो छेड्ने...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, ३ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले बुधबार मध्यराति देखि लागू...