सूर्यविनायक-८ मा स्वच्छता अभियान शुरू

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २९ चैत । ‘स्वच्छताको सामूहिक प्रयास’ भन्ने मुल नाराका साथ सूर्यविनायक नगरपालिका-८ मा स्वच्छता अभियान शुरू भएको छ । वडा क्षेत्रमा सरसफाईका बारेमा जनचेतना जगाउँदै  रोग लाग्न नदिन कीटनासक औषधी छर्ने उद्देश्यले अभियान शुरू गरिएको वडाअध्यक्ष पुष्पराज बस्नेतले बताए ।
वडाध्यक्ष बस्नेतले सबै स्थानीय निकाय, विद्यालय, टोल सुधार समिति, क्लब, सहकारी संस्था र फोहोर संकलनमा सहकार्य गर्दै आएको नेप्सेम्याकलाई अभियानमा जोडिन आग्रह गरेका छन्। आदर्श-वडा कार्यालयको सडक क्षेत्रबाट थालनी भएको अभियान कार्यक्रममा स्थानीय टोल सुधार समिति, योग समूह, र व्यक्तिगत सहभागीले हातेमालो गर्दै सरसफाइमा योगदान दिएको वडाअध्यक्ष बस्नेतले जानकारी दिए ।
शनिबारदेखि शुरू भएको अभियानको बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले शुभारम्भ गरेका छन्। मन्त्री थापाले उल्लेख्य जनसहभागिताका बीच शुरू भएको कार्यक्रम  प्रदेशमै उदाहरणीय बन्ने बताउँदै अभियान सफलताको शुभकामना दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...