गन्तव्य मध्यपुर: ढुङ्गा-माटोको मुस्कान र समृद्धिमा लम्किँदाका केही पदचापहरू

Date:

Share post:

Suryabinayak Nagarpalika

‘गन्तव्य मध्यपुर’ शुभारम्भ 

विजय कृष्ण श्रेष्ठ, उपमेयर मध्यपुर थिमि नगरपालिका

इतिहासको गर्तमा पुरिएका मोहनजोधारो र तक्षशिलाका भग्नावशेषहरूलाई सुम्सुम्याउँदा जुन गौरवबोध हुन्छ, आज त्यही ओज र आयतनमा उभिएको छ-हाम्रो मध्यपुर थिमी। यो केबल एउटा भूगोल होइन, यो त हाम्रा पुर्खाहरूको शिल्प, पसिना र सभ्यताले कुँदिएको एउटा जीवन्त सङ्ग्रहालय हो।
आज हामी ‘गन्तव्य मध्यपुर’को विधिवत् शुभारम्भ गर्दैछौँ। यो कुनै हावामा उडाइएको बेलुन होइन, बरु हिजोका दिनमा हामीले सम्पदा संरक्षण, पुनःनिर्माण र पूर्वाधारका क्षेत्रमा गरेका अनगिन्ती भगीरथ प्रयत्नहरूको एउटा तार्किक निष्कर्ष हो।
उज्यालोतिरको यात्रा र भत्किएका पर्खालहरूको पुनर्जन्म
विगतका दिनमा हामीले के मात्रै गरेनौँ ? कतै पुरिएका पोखरीहरूलाई ब्युँझाउने कसम खायौँ, त कतै ढल्न लागेका फल्चाहरूलाई काँध दियौँ। लोप हुन लागेका हाम्रा संस्कृतिहरूलाई ‘म्युजियम’मा होइन, मान्छेको मन र बस्तीको चोकमा फर्काउने जमर्को गर्‍यौँ।
नगदेश दरबारदेखि सोङ्गापुखुसम्म, करुणामय र दिगु बहाःदेखि दथु बहाः र लायकु थिमी,भाँ-गु महालक्ष्मी मन्दिर परिषरको सत: पुर्निर्माण, बृहत्त पहिरो नियन्त्रण कार्य,सिवा गणेश मन्दिर, भान्चुको मन्दिर,विष्णुविर परिषरको सत: निर्माण लगायत दर्जनौ पुनः निर्माणसम्म— यी सबै इँटा र काठका थुप्रा मात्र होइनन्, हाम्रा पहिचानका खम्बाहरू हुन्।
‘उज्यालो मध्यपुर’ अभियानमार्फत हामीले प्रत्येक टोलका अँध्यारा कुनाहरूमा विकासको बत्ती पुर्‍याएका छौँ,सुरक्षाको सन्तुष्टि दिलाएका छौँ । यो विकासको मोह मात्र होइन, नागरिकको आत्मसम्मानको खोजी पनि हो।

सम्पदा: केवल गौरव होइन, समृद्धिको आधार
मध्यपुर थिमीको व्यवस्थित बस्ती आफैँमा एउटा अभुतपुर्ण इन्जिनियरिङ हो। यहाँको प्रत्येक घरले घाम र हावाको समान हिस्सेदारी पाउँछन्। यहाँको माटो बोल्छ,वाच्न सिकाउँछ, मुकुन्डो हाँस्छ र काठका बुट्टाहरूले कथा सुनाउँछन्। तर, यो गौरवलाई हामीले अब आर्थिक समृद्धिसँग जोड्नुपर्नेछ।
हाम्रो लक्ष्य प्रस्ट छ । यहाँका सम्भावनाहरूलाई विश्व बजारमा पस्कने र पर्यटन उद्योगमार्फत घर-घरमा स्वरोजगार सिर्जना गर्ने। सांस्कृतिक उद्योग ग्राम, सम्पदा मार्ग र वडा नम्बर ५ र ६ मा फैलिएको ‘पोटरी स्क्वायर’को विस्तार त्यसैका लागि हो। झण्डै ७ लाख पर्यटकलाई स्वागत गरेको ‘मध्यपुर महोत्सव’, हजारौं पर्यटक भित्राउन सफल ‘व: फेस्टिभल’ र घरेलु उद्योग प्रदर्शनीहरू,स्थानिय परिकारको प्रदर्शनी त यसका सानो झिल्का मात्र हुन्।

जनपक्षीय पाइला: शिक्षा र स्वास्थ्यको मर्म
हामी केबल इँटा र ढुङ्गामा मात्रै रमेका छैनौँ। मान्छेको स्वास्थ्य र भविष्यप्रति पनि उत्तिकै सचेत छौँ। स्वास्थ्यको क्षेत्रमा  नगरपालिकाले विविध कार्य गरिरहेको छ । जस्मध्य केही विषयमा संक्षिप्त चर्चा गर्नेछौं । नेपाल-कोरिया मैत्री अस्पताललाई हामीले कसरी उत्कृष्ट बनायौँ, दैनिक १२०० जना भन्दा वढी विरामिको उपचार ,२०भन्दावढी सफल सर्जरी शेवा, जुन आम नागरिकका सामु छर्लङ्गै छ। पुर्वाधार त्यही साविककै तर यसलाई अधिकतम सदुपयोग गरिए परिवर्तन हुनेरहेछ भन्ने संदेश प्रवाह भएको छ ।
नि:शुल्क रगत सेवा र ब्लड बैंकको स्थापना
जेष्ठ नागरिक आरोग्य कार्यक्रम र निमोनिया भ्याक्सिन
नि:शुल्क स्वास्थ्य बीमा र नसर्ने रोगहरूको परीक्षण
 ब्लडबैंक स्थापना
अस्पतालको भवन निर्माण ।
यी कार्यक्रमहरूले देखाउँछन् कि हामी कुन वर्गको पक्षमा उभिएका छौं । शासक बनेर होइन, सेवक बनेर जनताका समस्याहरूको घरदैलोमा पुग्नु नै हाम्रो राजनीतिक धर्म हो।
बिस्काः जात्रा, साहस र नयाँ वर्षको उमङ्ग २०८३ सालको नयाँ घाम झुल्किँदै छ र सँगै सुरु हुँदैछ । जात्राहरूको पनि जात्रा ‘विस्का जात्रा’। यहाँ जिब्रो छेड्ने साहसिक उत्सव छ, अबिरको लालिमाभित्र हराउने धार्मिक उत्साह,उमंग,भातृत्वप्रेमको संदेस छ। धिमेको तालमा ताल मिलाउँदा लाग्छ, विश्वको प्रसिद्ध ‘ला टोमाटिना’ फेस्टिभल पनि विस्काको अगाडि फिका छ। यसको प्रवर्द्धन गरिए पर्यटको आकर्षणको केन्द्र हुने निश्चित छ ।
गन्तव्य मध्यपुरलाई हामीले बिस्का: सँगै जोडेका छौं ताकि यहाँको वीरता र उत्साहलाई संसारले चिन्न सकोस्। आउनुहोस्, देउताको खत बोकौं, मीठा परिकारमा रमाऔँ र यो नयाँ वर्षलाई एउटा अविस्मरणीय उत्सव बनाऔं ।
मध्यपुर केवल एउटा गन्तव्य होइन, यो एउटा अनुभूति हो। र, यो अनुभूतिलाई विश्वव्यापी बनाउने अभियानमा तपार्ईं-हामी सँगै छौं ।
बिस्का जात्रा तथा नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...

ब्युँतियो सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने व्यवस्था

काठमाडौं, ३२ असार । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ । पछिल्लो मन्त्रिपरिषद्को बैठकले यस्तो...