उपसभामुख ठाकुरले लिइन शपथ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २७ चैत । प्रतिनिधिसभाको नवनिर्वाचित उपसभामुखमा रुवी कुमारी ठाकुरले शपथ लिएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार साँझ आयोजित एक समारोहमा उपसभामुख ठाकुरले राष्ट्रपतिको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालसमक्ष पद तथा गोपनियताको शपथ लिएकी हुन् । ठाकुर प्रतिनिधिसभामा शुक्रबार भएको उपसभामुखमा निर्वाचनबाट निर्वाचित भएकी हुन् ।

श्रम संस्कृति पार्टीकी सांसद रुवि राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा उपसभामुख भएकी हुन् । रुवीलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय २९ सांसदले मतदान गरेका थिए । उक्त प्रस्तावको विपक्षमा ५ सांसदले मतदान गरे । रुवीलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा राप्रपाका सांसदले मतदान गरेका हुन् ।
२२ सांसदले भने पक्ष र विपक्ष कतै पनि मतदान गरेनन् । उक्त प्रस्तावमा मतविभाजन गर्दा प्रतिनिधिसभा बैठकमा २ सय ५६ सांसद उपस्थित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

सडक आश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु

काठमाडौँ, ५ वैशाख । काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रबाट सडक आश्रित सहयोगापेक्षीहरुको उद्धार कार्य सुरु गरेको छ । काठमाडौँलाई...

आइतबार बागमती प्रदेश सभाको बैठक आव्हान

काठमाडौं, ४ चैत । बागमती प्रदेश सभाको बैठक आव्हान गरिएको छ । ६ बैशाख आइतबार बिहान ११ बजे...

भक्तपुर नगरभित्र सञ्चालित विद्यालय पूर्ववत् रूपमै सञ्चालन हुने

भक्तपुर, ४ वैशाख । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने भएका छन् । नगर...

शनिबार सल्लाघारीमा विषेश कन्शर्ट

भक्तपुर, ४ वैशाख । वैशाख ५ गते (शनिबार) भक्तपुरको सल्लाघारीमा विषेश कन्शर्ट हुने भएको छ । भक्तपुर औद्योगिक...