सूर्यविनायकमा निःशुल्क भलिबल प्रशिक्षण सुरु

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २७ चैत । सूर्यविनायक नगरपालिकामा निःशुल्क भलिबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजनामा निःशुल्क भलिबल प्रशिक्षण कार्यक्रम शुरु  गरिएको हो ।
सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाका अनुसार, जिल्लाका भलिबल खेलाडीलाई वेशिक प्रशिक्षण दिने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रममा जिल्लाभरिका ३० जना भलिबल खेलाडी भाइबहिनीको सहभागिता रहेको सदस्य सचिव दिपक थापाले बताए ।

प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै सुर्यविनायक नगरपालिका-८ का वडाध्यक्ष पुष्पराज बस्नेतले भौतिक पूर्वाधार, विकास निर्माणसंगै सुर्यविनायक नगरपालिकाले खेलकुद क्षेत्रमा समेत उल्लेख्य काम गर्दै आएको बताए । खेल क्षेत्रबाटसमेत नगरपालिकालाई मुलुक र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाउन नगर पालिकाले योजनाबद्ध रुपमा काम गरिराखेको बस्नेतको भनाई थियो ।

सो अवसरमा प्रमुख अतिथि बस्नेतले नगर खेलकुद विकास समितिका तर्फबाट सुर्यविनायक युथ क्लबलाई खेलकुद सामाग्रीसमेत प्रदान गरेका थिए । त्यस क्रममा भलिवल १५ थान, नेट, लगायतका सम्पूर्ण खेल सामाग्री प्रदान गरिएको थियो । उद्घाटन कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका सदस्य अनन्त वैध, सुर्यविनायक युथ क्लबका अध्यक्ष मनोज गिरी लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी, गाम्चा युथ क्लबका अध्यक्ष सचिन्द्र खड्का, सूर्यविनायक नगर खेलकुद समितिका सदस्य साथीहरू र भलिबल खेलप्रेमी उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो । यस प्रकारका निःशुल्क बेसिक कोर्स भलिबल प्रशिक्षण कार्यक्रमले  भलिबल खेलप्रति आकर्षक र भलिबल खेललाई विकासका लागि लागि महत्वपूर्ण योगदान दिने नगर खेलकुद समितिका सदस्य सचिव दीपक थापाले बताए ।
थापाका अनुसार, निकट भविश्यमा हुन लागेको जिल्लास्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिताको तयारीका लागि पनि प्रशिक्षण कार्यक्रम शुरु भएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...