सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १६ चैत । सन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याललाई प्रहरीले पक्राउ गरेको छ। सोमबार उनलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनको आधारमा उनलाई पक्राउ गरेको हो।
कर्मचारीलाई छुट्याएको सेयर बाँडफाँट सम्बन्धमा नियमनकारी निकायले माग गरेको विवरण पेस गर्दा कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र त्यसका प्रतिलिपिहरूको विवरण फरकफरक निकायमा पेस गर्दा फरक फरक देखिएको थियो।
उक्त काम धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०० विपरीत कसुर गरेको देखिएको एसएसपी श्रेष्ठले बताए।काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीमाथि अनुसन्धान अघि बढाएको हो। कर्मचारीको लागि आरक्षित गरिएको कम्पनीको सेयर आफ्नै नाममा ल्याएको आरोप उनीमाथि लागेको थियो। नेपाल धितोपत्र बोर्डको अध्ययनले पनि उनले यसरी कर्मचारीहरूको नामको सेयर आफ्नो नाममा ल्याएको देखाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं, १८ भदौ । भदौ २२ गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ। बागमती प्रदेश...

त्रिशूलीनदीमा तुइन निमार्ण सुरु

काठमाडौं, १७ भदौ । बाग्मती प्रदेशका सरकारले भोटेकोशीमा आएको भीषण बाढीपछिको असहज अवस्थालाई मध्यनजर गर्दै त्रिशूली नदीमा तुइन...

नागढुंगामा सडक भासिएपछि सुरुङमार्ग खुला

काठमाडौं, १७ भदौ । काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई...

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...