सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १६ चैत । सन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याललाई प्रहरीले पक्राउ गरेको छ। सोमबार उनलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनको आधारमा उनलाई पक्राउ गरेको हो।
कर्मचारीलाई छुट्याएको सेयर बाँडफाँट सम्बन्धमा नियमनकारी निकायले माग गरेको विवरण पेस गर्दा कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र त्यसका प्रतिलिपिहरूको विवरण फरकफरक निकायमा पेस गर्दा फरक फरक देखिएको थियो।
उक्त काम धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०० विपरीत कसुर गरेको देखिएको एसएसपी श्रेष्ठले बताए।काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीमाथि अनुसन्धान अघि बढाएको हो। कर्मचारीको लागि आरक्षित गरिएको कम्पनीको सेयर आफ्नै नाममा ल्याएको आरोप उनीमाथि लागेको थियो। नेपाल धितोपत्र बोर्डको अध्ययनले पनि उनले यसरी कर्मचारीहरूको नामको सेयर आफ्नो नाममा ल्याएको देखाएको थियो।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, ०४ कार्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक...

ललितपुरमा मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ०४ कार्तिक । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ।...

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...