ललितपुर कुसुन्तीबाट चितुवाको उद्धार

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, २७ फागुन । ललितपुरको कुसुन्ती हाइटस्थित माछापुच्छ्रे स्कूलको स्टोरबाट मङ्गलबार चितुवाको उद्धार गरेको छ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले चितुवाको उद्धार गरेको हो। प्रहरी वृत्त सातदोबाटो, ललितपुर जिल्ला वन कार्यालय, जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त टोलीको सहयोगमा ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको गरिएको प्रहरीले जनाएको छ ।
चिडियाखानाको वन्यजन्तु अस्पतालमा राखिएको सदर चिडियाखाना प्रमुख सत्यनारायण साहका अनुसार, १० वर्षको चितुवाको तौल ६० किलोग्राम रहेको छ। चितुवाको उद्धारपछि उपचारका लागि गर्न लागिएको छ। उपचारपछि चितुवालाई प्राकृतिक बासस्थानमै छोडिने साहले बताए।
चिडियाखानाले विगत एक वर्षमा २४१ वन्यजन्तु, चराचुरुङ्गी, स्तनधारी जीवलगायतको उद्धार गरेको छ। त्यसमध्ये उपचार गरी ५७ वन्यजन्तु, चराचुरुङ्गी, स्तनधारीलाई प्राकृतिक बासस्थानमै छाडिएको थियो। चिडियाखानामा हाल ११५ प्रजातिका एक हजार ३०० बढी वन्यजन्तु छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...