मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरू

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २७ फागुन । बागमती प्रदेश सरकार अन्तर्गतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु भएको छ । चिकित्सा शिक्षा आयोगबाट ५० सिटको स्वीकृति पाएपछि प्रतिष्ठानले यसै शैक्षिक वर्षदेखि एमबीबीएस कार्यक्रम सञ्चालनमा ल्याएको हो । सोमबार नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशका पालिकास्तरमा बनेका अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव रहेको बताउँदै त्यस्तो अभाव पूर्ति गर्न एमबीबीएस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । मन्त्री थापाले राज्यले नागरिकलाई व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध गराउनु संवैधानिक दायित्व भएको उल्लेख गर्दै हेटौंडा अस्पताल लगायत प्रादेशिक अस्पतालको सेवा-सुविधा हरेक वर्ष विस्तार गरिँदै लगिएको बताएका छन् । जिल्ला अस्पतालका रूपमा रहँदा र प्रतिष्ठान मातहत आउँदा हेटौंडा अस्पतालमा धेरै फरक आएको उनको दाबी छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी अन्य प्रतिष्ठानका भन्दा अब्बल चिकित्सकका रूपमा निस्कने अपेक्षा समेत रहेको उनको भनाई छ।

हाल प्रतिष्ठानका विभिन्न कार्यक्रमहरू हेटौंडाको गौरिटार, हेटौंडा–११ स्थित नलेज भिलेज, हुप्रचौर र कमानेमा सञ्चालन भइरहेका छन् । छरिएर रहेका कार्यक्रमलाई एउटै भवनबाट सञ्चालन गर्न प्रदेश सरकारको १२ करोड लगानीमा भवन निर्माण गर्न लागिएको उपकुलपति प्रदीप ज्ञवालीले बताए । प्रतिष्ठानमा हाल एमबीबीएससहित बीएससी नर्सिङ, ब्याचलर अफ फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी र पब्लिक हेल्थ विषयमा अध्ययन भइरहेको छ । साथै सात विषयमा एमडी कार्यक्रम सञ्चालनमा रहेको छ । यस वर्ष एमडी कार्यक्रमका लागि ९ विषय थप गरिएको छ भने सिट संख्या ८ बाट बढाएर २७ पुर्याइएको छ । वि.सं. २०७६ असोज २ गते ऐन पारित भएपछि स्थापना भएको प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा, अनुसन्धान र दक्ष चिकित्सक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । प्रतिष्ठानमा ४ विदेशी सहित ४६ जना विद्यार्थी एमबीबीएस कार्यक्रममा भर्ना भएका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं, ०१ असोज । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा...

ग्यास बोकेको बुलेट र मोटरसाइकल ठोक्किएर दुर्घटना, ९ वर्षीय बालकको मृत्यु

काभ्रेपलान्चोक, ०१ कार्तिक । काभ्रेको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु...

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...