हेरिटेज नेपाल न्यूज

भाषा आयोगका सदस्य सुरेशकिरणको निधन

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २६ फागुन । भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको निधन भएको छ। मनमोहन कार्डियाक सेन्टर, महाराजगञ्जमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो। ५९ वर्षीय उनलाई सोमबार हृदयाघात भएको थियो।
बुधबार बिहान ९ बजेदेखि दिउँसो मध्याह्न १२ बजेसम्म नेपालभाषा मंका खलमा श्रद्धाञ्जलिको कार्यक्रम हुने नेपालभाषा एकेडेमीले जनाएको छ। उनको  अन्त्येष्टि लुँति घाट (खुसिबु)मा हुने पत्रकार केके मानन्धरले जानकारी दिए।

स्व. सुरेशकिरण नेपालभाषा साहित्यका लोकप्रिय कवि पनि हुन्। नेपाल भाषाको साप्ताहिक पत्रिका इनापबाट पत्रकारिता शुरु गरेका उनले सन्ध्या टाइम्स तथा नेपालभाषा टाइम्समा सम्पादकको जिम्मेवारीमा रहे। यसैगरी, अप्सरा फिल्म म्यागजिन, कोशल्वहं चिनाखँ स्वलापौ, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने थाय्भू पत्रिकाको सम्पादक मण्डलमा रहेर काम गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

मूलुकभर वर्षा र हिमपात

काठमाडौं, ७ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल...

निर्वाचनमा ३५० बालअधिकार उल्लंघनका घटनन

काठमाडौं, ७ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले निर्वाचनअघि र निर्वाचनपछि...

खैरो हेरोईन १३७.४०० ग्राम र चरेश २ केजी ३०० ग्राम सहित ५ जना पक्राउ

काठमाडौं, ७ चैत । लागू औषध ब्यूरो कोटेश्वरले लागु औषध खैरो हेरोइन १३७ दशमलव ४०० ग्राम र...

११ वर्ष कैद भुक्तान गरी छुट्ने बित्तिकै पुन: चोरीको गहना सहित पक्राउ

ललितपुर, ७ चैत । डाँका चोरी मुद्दामा ११ वर्ष कैद भुक्तान गरि छुट्ने बित्तिकै पुन: चोरी गर्ने व्यक्ति...