काठमाडौंको वायु प्रदूषण खतरनाक तह

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २६ फागुन । काठमाडौं उपत्यकामा मंगलबार बिहान वायु प्रदूषण अत्यधिक बढेर ‘खतरनाक’ तहमा पुगेको छ। विश्वका प्रमुख शहरहरूको वायु गुणस्तर प्रत्यक्ष निगरानी गर्ने संस्था आईक्यू एयरका अनुसार बिहान करिब साढे ९ बजे काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २०६ मापन गरिएको छ। यससँगै काठमाडौं विश्वकै तेस्रो सबैभन्दा प्रदूषित शहरको सूचीमा परेको छ।
आईक्यू एयरको तथ्यांकअनुसार भारतको नयाँ दिल्ली २५० एक्यूआईसहित पहिलो र बंगलादेशको ढाका २०९ एक्यूआईसहित दोस्रो स्थानमा रहेका छन्। त्यसपछि काठमाडौं तेस्रो स्थानमा रहेको हो। नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार २०१ देखि ३०० सम्मको एक्यूआईलाई ‘धेरै अस्वस्थकर’ तह मानिन्छ।

विशेषज्ञका अनुसार काठमाडौंमा बढ्दो वायु प्रदूषणको प्रमुख कारण सवारीसाधनबाट निस्कने धुँवा, निर्माण कार्यबाट उठ्ने धुलो, सडकको कमजोर व्यवस्थापन, उद्योगधन्दा तथा इँटाभट्टाबाट निस्कने धुँवा हुन्। यसका साथै वर्षा अभाव, सुख्खा मौसम र हावाको कम प्रवाहले पनि प्रदूषणलाई लामो समयसम्म उपत्यकाभित्र थुनिन मद्दत पुर्‍याउने गर्छ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने चिकित्सकहरू बताउँछन्। अत्यधिक प्रदूषित हावाले मुटु र रक्तनलीसम्बन्धी रोग, फोक्सोको समस्या, दम, क्यान्सर, आँखा पोल्ने तथा मिर्गौलासम्बन्धी समस्यासमेत निम्त्याउन सक्ने जोखिम हुन्छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग भएका व्यक्तिहरू बढी प्रभावित हुने गर्छन्।

प्रदूषणको स्तर बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयले प्रदूषणबाट जोगिन आवश्यक सावधानी अपनाउन सूचना जारी गर्दै विशेष जोखिम समूहलाई सकेसम्म घरभित्रै बस्न सुझाव दिएको छ। घरबाहिर निस्कनै परे गुणस्तरीय मास्क, विशेषगरी एन–९५ मास्क प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ। साथै बिहानको समयमा हिँडडुल वा शारीरिक व्यायाम नगर्न, सकेसम्म झ्यालढोका बन्द राख्न तथा धुलो–धुवाँबाट टाढा रहन पनि सुझाव दिइएको छ।
विशेषज्ञहरूका अनुसार काठमाडौं उपत्यकामा दीर्घकालीन रूपमा वायु प्रदूषण नियन्त्रण गर्न सवारी साधनको व्यवस्थापन, सार्वजनिक यातायातको सुधार, हरियाली विस्तार तथा निर्माणजन्य धुलो नियन्त्रणजस्ता उपाय प्रभावकारी रूपमा लागू गर्न आवश्यक रहेको बताएका छन्।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं, ०१ असोज । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा...

ग्यास बोकेको बुलेट र मोटरसाइकल ठोक्किएर दुर्घटना, ९ वर्षीय बालकको मृत्यु

काभ्रेपलान्चोक, ०१ कार्तिक । काभ्रेको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु...

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...