ललितपुर, २४ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितुपर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल फराकिलो मतान्तरसहित विजयी भएका छन्। उनी ३९ हजार ४९१ मत प्राप्तगरि विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत ल्याए भने नेकपा एमालेका प्रेमबहादुर महर्जन ४ हजार ५३६ मत मात्र प्राप्त गरे।




