भक्तपुर, २२ फागुन । भक्तपुर जिल्लाको दुवै क्षेत्रमा रास्वपाको अग्रता कायमै रहेको छ । रास्वपाका रुकेश रन्जितले ४ हजार ४११ मत सहित अग्रता लिएका छन् भने, नेमकिपाका प्रेम सुवालले २ हजार ७५५ मत प्राप्त गरेको छ ।
यस क्षेत्रमा कांग्रेसका किरण न्यौपानेले ६५९ मत, नेकपा एमालेका सोमप्रसाद मिश्रले ३१७ मत, राप्रपाका भरत बहादुुर खड्काले २२३ मत, पाएका छन् । उक्त क्षेत्रमा ७८ हजार २७२ मत खसेको छ ।
त्यसैगरी, भक्तपुर-२ मा रास्वपा उम्मेदवार राजीव खत्रीले फराकिलो अग्रता लिएका छन् । खत्रीले ३ हजार ६० मत प्राप्त गर्दा एमालेका उम्मेदवार महेश बस्नेतले १ हजार ५७३ सय मत प्राप्त गरेका छन् । यस्तै, कांग्रेस उम्मेदवार कबिर रानाले ४८४ , नेकपाका रामप्रसाद सापकोटाले ६८, नेमकिपाका रमेश वैद्यले १६१, राप्रपाका विक्रम थापाले ७३, श्रम संकृति पार्टीका अर्जुन बासुले ५२ र उज्यालो नेपाल पार्टीका जित राम लामाले ५५ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ७२ हजार ५ मत खसेको छ ।




