आज मतदान, निर्वाचनको तयारी पुरा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २१ फागुन । मूलुकमा प्रतिनिधिसभा सदस्यको निर्वाचन बिहीबार (आज) हुँदैछ । मतदानलाई सुरक्षित र व्यवस्थित रूपमा पूरा गराउन सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रत्यक्ष प्रणालीतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद चुन्न निर्वाचन हुँदैछ । १ करोड ८९ लाख ३ हजार ६ सय ८९ नागरिकलाई मताधिकार छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजे मतदान सुरु हुनेछ । अपराह्न ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत हाल्न पाउनेछन् ।

प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार छन् । प्रत्यक्षतर्फका उम्मेदवारमध्ये ३ हजार १७ पुरुष र ३ सय ८८ महिला छन् । एक उम्मेदवार अन्य लिंगको रहेको आयोगको विवरण छ । प्रत्यक्षतर्फ ६५ राजनीतिक दलबाट २ हजार २ सय ६३ र स्वतन्त्र रूपबाट १ हजार १ सय ४३ जनाले उम्मेदवारी दिएका छन् ।

समानुपातिकतर्फ ६३ दलका १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला उम्मेदवार छन् । राजनीतिक दललाई प्राप्त हुने भोटका आधारमा समानुपातिक सांसद चयन हुने व्यवस्था छ । दुईवटा निर्वाचन प्रणालीका कारण मतदाताले दुई मतपत्रमा रहेको चिह्नमा स्वस्तिक छाप लगाउनुपर्नेछ । मतदान ७ बजेबाट हुने भए पनि देशका केही निर्वाचन क्षेत्रमा मतदाताहरु बिहानैदेखि लाइन लाग्नका लागि मतदानस्थलमा पुगिसकेका छन् ।
निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित बनाउनको लागि सुरक्षा व्यवस्था कडा गरिएको समेत जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...