कुवेतले भिजिट भिसा र बिदा अवधि थप्यो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २१ फागुन । कुवेत सरकारले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै भ्रमण (भिजिट) भिसा तथा बिदा स्वीकृति (लिभ अफ एब्सेन्स) अनुमति अवधि थप गर्ने निर्णय गरेको छ । आन्तरिक मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार म्याद सकिएका वा सकिन लागेका सबै प्रकारका भिजिट भिसाहरू २८ फेब्रुअरी २०२६ देखि लागु हुने गरी स्वत: एक महिनाका लागि थप गरिनेछ । यस अवधिमा भिसा नवीकरणसम्बन्धी कुनै शुल्क वा जरिवाना नलाग्ने पनि मन्त्रालयले जनाएको छ ।

त्यस्तै, हाल कुवेत बाहिर रहेका आप्रवासी कामदारहरूको बिदा स्वीकृति अनुमति पनि स्वतः ३ महिनाका लागि विस्तार गरिएको छ । यसका लागि व्यक्तिगत रूपमा उपस्थित हुनुपर्ने वा कुनै शुल्क तिर्नुपर्ने व्यवस्था नरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयले हालको अवस्थालाई मध्यनजर गर्दै नागरिक तथा आप्रवासीलाई सहजता प्रदान गर्न उक्त निर्णय गरेको जनाएको छ । साथै परिस्थितिको विकासक्रमअनुसार सहुलियत अवधि थप विस्तार गर्न सकिने संकेत पनि दिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...