ललितपुरमा प्रहरीमाथि शृङ्खलाबद्ध आक्रमण, १२ जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, २० फागुन । ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र झम्सीखेलमा भएका यी घटनामा संलग्न कुल १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा आइतबार राति गस्तीमा रहेको प्रहरी टोलीमाथि आक्रमण भएको छ। प्रहरी प्रभाग लुभुबाट खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) लाई स्थानीय केही व्यक्तिहरूले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो।
आक्रमणबाट घाइते भएका प्रहरी कर्मचारीको इमाडोलस्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुरका २९ वर्षीय बुद्ध तामाङ (विकास), सल्यानका २० वर्षीय रमेश शाही र शंकर शाही, तथा रुकुमका २२ वर्षीय राजु मगर रहेका छन्। ललितपुर जिल्ला अदालतले उनीहरूलाई आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

यसैगरी, शनिबार राति ललितपुर महानगरपालिका वडा नम्बर ३ सानेपा, झम्सीखेलस्थित द ग्रोभ रेष्टुरेन्ट बाहिर हो(हल्ला गरिरहेका युवाहरूलाई सम्झाउन खोज्दा प्रहरी नै कुटपिटको शिकार भएका छन्। मादक पदार्थ सेवन गरी सार्वजनिक सडकमा झगडा गरिरहेका समूहलाई प्रहरी प्रभाग सानेपाको टोलीले रोक्न खोजेको थियो। तर, सम्झाउन खोज्दा उल्टै आक्रोशित भएका ती व्यक्तिहरूले प्रहरीलाई अश्लील शब्द प्रयोग गर्दै लात्ता, मुक्का र लाठीले प्रहार गरेका थिए। कुटपिटबाट घाइते भएका प्रहरीको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले हुलहुज्जत र कुटपिटमा संलग्न ८ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध सात दिनको म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...