धादिङको नवजात शिशुको स्वास्थ्य मन्त्रालयद्वारा हेलिकप्टरद्धारा आपतकालिन उद्धार

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ७ फागुन । धादिङ खनियाबास गाउँपालिकास्थित खनियाबास ग्रामीण अस्पतालमा जन्मिएका एक नवजात शिशुको गम्भीर स्वास्थ्य अवस्थाका कारण बुधबार हेलिकप्टरमार्फत आपत्कालीन उद्धार गरिएको छ। जन्मिएलगत्तै श्वासप्रश्वासमा समस्या देखिएपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जनस्वास्थ्य कार्यालय धादिङको समन्वयमा १९ वर्षीया आमा चुनमाया सहित शिशुलाई थप उपचारका लागि काठमाडौँ ल्याएको छ ।

३ केजी ७०० ग्राम तौल भएका शिशु जन्मनासाथ नरोएको, शरीर निलो देखिएको तथा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम भएपछि अवस्था गम्भीर बनेको जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलले जानकारी दिए । ग्रामीण अस्पतालमा तत्काल प्रारम्भिक उपचार गरिएको भए पनि आवश्यक विशेषज्ञ सेवा र उपकरणको अभावका कारण आपतकालीन उद्दार गरिएको निर्देशनालयका निर्देशक डा. नरेन्द्र कुमार झाले बताए । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको समन्वय र निर्देशनमा दिउँसो १:२० बजे शिशुलाई हेलिकप्टरमार्फत आपतकालिन उद्धार गरी २ बजे कान्ति बाल अस्पताल, काठमाडौँ पुर्‍याइएको थियो।

अस्पताल पुगेलगत्तै शिशुलाई नवजात सघन उपचार कक्ष (एनआइसीयू) मा भर्ना गरी विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार सुरु गरिएको स्वास्थमन्त्री थापाले जानकारी दिएका छन् । मन्त्री थापाले दुर्गम क्षेत्रका नागरिकलाई आपतकालीन अवस्थामा शीघ्र र गुणस्तरीय स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्धार कार्यमा खटिएका स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायप्रति धन्यवाद समेत व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...