ख्वप कलेज अफ इन्जिनियरिङमा ६५ लाख ८८ हजार रुपैयाँ छात्रवृत्ति वितरण

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ७ फागुन । ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।  कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले २०८२ सालमा भर्ना भएका प्रवेश परीक्षा उत्कृष्ट तथा अध्ययनरत गरिब एवं जेहेन्दार विद्यार्थी गरी ४४ जनालाई जम्मा ६५ लाख ८८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको जानकारी दिए । नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीको उद्देश्य देश र जनताको सेवा गर्नु नै भएको उल्लेख गरेका छन्।

शिक्षा र स्वास्थ्य क्षेत्रमा भक्तपुरले गरेको प्रगतिले अन्य स्थानीय तह र जनताका लागि प्रेरणाको स्रोत बनेको बताउँदै अन्य विश्वविद्यालयमा विद्यार्थी र पूर्वाधारको अभाव देखिँदा ख्वपमा विश्वविद्यालयस्तरका आवश्यक पूर्वाधार उपलब्ध रहेको बताएका छन् । उच्च शिक्षा हासिल गरी युवाहरु विदेशिने प्रवृत्ति दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै देशमै योगदान गर्ने चेतनाको विकास हुनुपर्नेमा उनले जोड दिए । कलेज स्थापनाको संघर्ष स्मरण गर्दै नगर प्रमुख प्रजापतिले २०५६ सालमा ख्वप उच्च माध्यमिक विद्यालय स्थापना गरी भक्तपुर नगरपालिका अन्तर्गत सात वटा कलेज सञ्चालनमा रहेको समेत जानकारी दिए।

कलेजका प्राचार्य ई. सुनिल दुवालले छात्रवृत्ति भाग्यले नभई मेहनत र लगनशीलताले प्राप्त हुने भएकाले यसको सदुपयोग हुनुपर्ने बताएका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...