प्रतिनिधिसभा निर्वाचन : १३३ निर्वाचन क्षेत्रको १ करोड ७१ लाख ६३ हजार मतपत्र छपाई

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १ फागुन । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १ सय ३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार शुक्रबार बिहानसम्म प्रत्यक्षतर्फको १ करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ भएको छ । ती मतपत्रहरू सम्बन्धित निर्वाचन क्षेत्रहरूमा पठाउनका लागि १ हजार ५ सय ३१ बाकसमा प्याकिङ गरिसकिएको छ ।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार प्रत्यक्षतर्फ १ सय ६५ वटै निर्वाचन क्षेत्रका लागि २ करोड ३ लाख २३ हजार प्रति मतपत्र छापिने छन् । प्रत्यक्षतर्फको मतपत्र १६ माघदेखि छाप्न सुरु भएको हो ।
समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्रको छपाइ त्यस अगावै सम्पन्न भएर जिल्ला-जिल्ला पठाउनका लागि प्याकिङ गरेर राखिएको छ ।
कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्लाका १२ निर्वाचन क्षेत्रको मतपत्र बिहीबार पुर्‍याइसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...