डाेलेश्वरमा शिवरात्रीकाे तयारी पूरा

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २ फागुन । केदारनाथकाे शिर डाेलेश्वर महादेवकाे मन्दिरमा महाशिवरात्रीकाे तयारी पूरा भएकाे जनाएकाे छ । मन्दिर व्यवस्थापन समितिले महाशिवरात्री पर्वलाई मध्यनजर गर्दै भक्तजनलाई आधा घण्टाभित्र मन्दिरको गर्भगृहमा प्रवेश गरी दर्शनकाे व्यवस्था गर्ने तयारी गरेकाे जनाएकाे छ ।

समितिका अध्यक्ष धर्मराज बस्नेतको संयोजकत्वमा शिवरात्री पर्व मूल समारोह समिति गठन गरिएको छ। शिवरात्रीलाई डाेलेश्वरमा आएका साधुसन्तहरुलाई ५ दिनका लागि भोजन, दक्षिणा, कम्बल, धोती गरी प्रतिसाधु ३ हजार ५ सय रुपैयाँ समितिको तर्फबाट वितरण गरिने जनाइएकाे छ । शिवरात्रीका लागि तीन सय भन्दा बढी साधुसन्त डाेलेश्वर आउने आयाेजकले जनाएकाे छ ।

महाशिवरात्रीमा आएका साधुसन्तलाई धुनी बाल्न दाउराको व्यवस्थाको लागि दाउरा लोड गर्न रणशेर गण सूर्यविनायकबाट सहयोग गरिएकाे छ । महाशिवरात्रीका दिन आउने भक्तजनलाई प्रसादका लागि काठमाडाैंकाे मानव सेवा संघ कुलेश्वरले व्यवस्थापन गरेकाे जनाइएको छ ।
सुरक्षा व्यवस्थाका लागि महानगरिय प्रहरी परिसर भक्तपुर, महानगरीय प्रहरी वृत जगाती र प्रहरी चौकी डोलेश्वर, ट्राफिक व्यवस्थापन महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारीबाट व्यवस्थापन गरिएको उनले बताए । सेनाको रणशेर गण सूर्यविनायकबाट स्वास्थ्य शिविर संचालन हुने जनाइएको छ । मेलामा विभिन्न संघसंस्था तथा महिला समूहलाई स्वयंसेवक परिचालनको लागि जिम्मेवारी दिइने जनाएकाे अध्यक्ष बस्नेतले बताए। आइतबार नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाबाट रक्तदान कार्यक्रम पनि आयोजना गरिएको उनले बताए ।
अघिल्दा वर्ष झै शिवरात्रीमा आएका साधुसन्तलाई क, ख, ग गरी तीन आधारमा वर्गीकरण गर्दै सोही अनुसार दक्षिणा समेत उपलब्ध गराइने उनले बताए । क वर्गका साधुसन्तका लागि १ हजार १ सय ५ रुपैयाँ, ख वर्गका  लागि ७ सय र ग वर्गकाका लागि ५ सय ५५ रुपैयाँका दरले दक्षिणा साथ १ थान कम्बल र ए१ थान धोती प्रदान गरिने आयाेजक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले जानकारी दिए । त्यसैगरी, मन्दिरको वार्षिक कार्यक्रम अनुसार शिवरात्रीका दिन सर्वसाधारण भक्तजनका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म गर्भगृहमा प्रवेशका लागि खुल्ला रहने जनाईएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...