फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २६ माघ । हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्वतारोहणका क्रममा विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बीमा रकम ठगी गरेको अभियोगमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लाजिम्पाटस्थित श्रीधी इन्टरनेशनल हस्पिटल प्रा.लि. का सञ्चालक डा. गिर्वाणराज तिमिल्सिना रहेका छन्। पर्वतको मोदी गाउँपालिका वडा नं. २ स्थायी घर भएका ४४ वर्षीय तिमिल्सिनालाई काठमाडौँ जिल्ला अदालतको अनुमतिमा आइतबार पक्राउ गरिएको हो।
सिआइबीका अनुसार विभिन्न रेस्क्यू कम्पनीहरू- माउन्टेन रेस्क्यू सर्भिस, एभरेष्ट एक्सपेरियन्स एण्ड असिस्टेन्स र नेपाल चार्टर सर्भिस सँगको मिलेमतोमा अस्पतालले नक्कली कागजात तयार पारी बिमा ठगी गर्दै आएको पाइएको छ।ठगीको प्रकृतिबारे थप प्रष्ट पार्दै सिआइबीका प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठले भने, “संलग्न कम्पनीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको अभिलेखमा रहेको ‘प्यासेन्जर एण्ड कार्गो म्यानफेस्ट’को विवरणमा थपघट गरी किर्ते बिलहरू तयार गर्ने गरेका थिए।” यति मात्र नभई, उद्धार गरिएको भनिएका पर्यटकहरूलाई अस्पतालमा अनिवार्य भर्ना गरिएको र उपचार गराइएको झूटो प्रतिवेदन समेत खडा गरी बीमा कम्पनीहरूसँग ठूलो रकम दाबी गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ।
यस प्रकरणले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रलाई गम्भीर क्षति पुर्‍याएको दाबी गरिएको छ। नेपाललाई असुरक्षित गन्तव्यको रूपमा प्रचार गराई पर्यटक आगमनमा समेत नकारात्मक प्रभाव पारेकाले पक्राउ परेका डा. तिमिल्सिना विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा ५१ (राष्ट्रहित प्रतिकूल काम गर्न नहुने) र अन्य किर्ते सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको छ। यसअघि पनि यस प्रकरणमा संलग्न अन्य रेस्क्यू कम्पनीका सञ्चालक र कर्मचारीहरूलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...