भक्तपुरमा सुरु भयो एचपिभी खोप अभियान

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २६ माघ । जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइने अभियान सुरु भएको छ । सोमबार सूर्यविनायक नगरपालिका-४  स्थित अरनिकाे माविबाट बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले खाेप अभियानकाे शुभारम्भ गरेका छन् । कार्यक्रममा स्वास्थ्यमन्त्री थापा मगरले किशोरीहरूको स्वास्थ्य सुरक्षा र उज्यालो भविष्यका लागि यो अभियान महत्वपूर्ण कदम भएको बताएका छन् । कार्यक्रममा मन्त्री थापा मगरले अभियान सफल बनाउने सबै सरोकारवालाप्रति धन्यवाद व्यक्त गरे । गत वर्ष कक्षा ६ देखि १० सम्म अध्ययरत १ लाख ९८ हजार किशाेरीलाई एचपीभी खाेप दिइएकाे बताउँदै प्रत्येक वर्ष कक्षा ६ मा अध्ययरत किशोरीलाई सरकारले याे खाेप लगाउने व्यवस्था गरेकाे जानकारी दिएको छ ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव एवं प्रसूति रोग विशेषज्ञ डा. सुमित्रा गौतमले नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रत्येक दिन चार जनाको मृत्यु हुने गरेको तथ्यांक रहेको बताउँदै खोप अभियान सफल पार्न सरकारले अभियान सञ्चालन गरेको बताइन्।
भक्तपुरमा एचपिभी खोप अभियान फागुन १ गतेसम्म सञ्चालन जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यसवर्ष ३५ वटा स्वास्थ्य संस्था एवं खोप केन्द्र र ८० वटा विद्यालयबाट भक्तपुरमा ३ हजार ८ सय ९४ जना किशोरीलाई खोप लगाइने योजना छ ।
जसमा कक्षा ६ मा अध्ययनरत ३ हजार ८ सय ९४ जना किशोरी, १० वर्ष उमेर समूहका १६३ जना र गत वर्ष  छूट भएका ७ देखि १० वर्ष उमेर समूहका ३० जना किशोरीलाई खोप लगाइने भएको छ ।
कार्यालयका अनुसार भक्तपुरमै अन्य जिल्लाका लागि पनि  खोप भण्डारण केन्द्र रहेकाले संकलित विवरण भन्दा बढी खोप लगाउनु पर्ने भएमा पनि खोप थप गर्न सहज हुने जनाएको छ । गत वर्ष छुटेका, इँट्टाभट्टादेखि विभिन्न क्षेत्रबाट आएका तथा विद्यालय बाहिर रहेका किशोरीलाई समेत अभियानमै एचपिभी खोप दिन कार्यालयले व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...