पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सुरु

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २५ माघ । सरकारले आइतबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालनमा ल्याएको छ । किशोरी लक्षित खोप अभियान फागुन १५ गतेसम्म सञ्चालन हुनेछ।
महालक्ष्मी नगरपालिकाद्वारा आयोजित राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत विद्यालय केन्द्रित एचपिभी खोप अभियानको शुभारम्भ कार्यक्रममा बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापा मगरले किशोरीहरूको स्वास्थ्य सुरक्षा र उज्यालो भविष्यका लागि यो अभियान महत्वपूर्ण कदम भएको बताएका छन् । कार्यक्रममा मन्त्री थापा मगरले अभियान सफल बनाउने सबै सरोकारवालाप्रति धन्यवाद व्यक्त गरे ।

सरकारले यो अभियान विद्यालय वा स्वास्थ्य संस्थाबाट खोप केन्द्र सञ्चालन गरी खोप दिन थालेको छ। कक्षामा ६ मा अध्ययनरत, विद्यालय बाहिर रहेका १० वर्ष उमेरका, गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्मका र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेरका किशोरीहरुलाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अत्यधिक चिसो हुने हिमाली जिल्लाहरुमा भने चैतदेखि वैशाखसम्म यो अभियान सञ्चालन हुनेछ। यो पूर्ण रुपमा निःशुल्क र सुरक्षित भएकाले एचपिभी खोप लगाएर पाठेघरको मुखको क्यान्सर हुनबाट जोखिम सरकारको आग्रह छ। गत वर्षको एचपिभी खोप अभियानमा खोप लगाएकाहरुले भने यो वर्ष खोप लगाउन नपर्ने मन्त्रालयले जनाएको छ। 

भक्तपुरमा सोमबारबाट एचपिभी खोप

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले सोमबारदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचभीपी खोप अभियान सञ्चालन गर्ने भएको छ । सोमबारदेखि १ फागुनसम्म  ६ कक्षामा अध्ययनरत तीन हजार आठ सय ९४ किशोरीलाई एचभीपी खोप लगाउने अभियान सुरु हुने कार्यालयका प्रमुख अन्जना खड्काले जानकारी दिइन् । यस्तै, स्कुलबाहिर रहेका एक सय ६३ किशोरीलाई ४ र ५ फागुनमा यो खोप लगाउने कार्यक्रम छ । आइतबार संचारकर्मीहरूसँगको अन्तरक्रियामा कार्यालय प्रमुख खड्काले गत वर्ष भक्तपुरमा ९४ प्रतिशत किशोरीहरूमा प्रभावकारी रूपमा यो खोप लगाएको जानकारी दिइन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...