पुन:वर्षा गराउने प्रणाली सक्रिय

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १९ माघ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मंगलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेशबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो ।सोमबारदेखि नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको र उक्त प्रणाली सोमबार केही बढेर पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने तथा मंगलबार भने मध्य नेपालसम्म फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । तर ती क्षेत्रमा पूर्ण बादल लाग्ने छ भने बाँकी क्षेत्रमा पनि आंशिक बादल लागी चिसो बढ्ने छ ।
अघिल्लो बुधबारको जत्तिको बलियो प्रणाली नभए पनि पश्चिम नेपाल चिसो भइसकेको र हिउँ परिरहेको अवस्थामा अबको प्रणालीले पनि मध्यमसम्म वर्षा तथा हिमपात गराउने मौसमविद् अधिकारीले बताए । उनले भने, ‘प्रणालीले मध्यनेपालभन्दा पश्चिममा बढी असर गर्ने देखिन्छ, आज पनि कर्णाली र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा बदली भएको छ, त्यो बदली बढ्छ । मङ्गलबार मध्यनेपालभन्दा पश्चिममा बदली भएर वर्षा र हिमपात बढाउँछ ।’
मौसमविद् अधिकारीका अनुसार यसपालि पश्चिमबाट मध्यनेपालसम्म असर गर्ने छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र अन्य क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा गराउने छ । कोशी, बागमतीको माथिल्लो भेगमा पनि असर गर्न सक्ने तर तल्लो भाग र तराई क्षेत्रका साथै मधेस प्रदेशमा भने असर न्यून रहने उनले बताए । काठमाडौंमा मंगलबार राति छिटपुटसम्म वर्षा हुन सक्ने छ ।
सोमबार तराई भू-भागका केही स्थानमा हुस्सु/कुहिरो रहने तथा देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने छ । बाँकी भू-भागमा आंशिक बादल लाग्ने छ । देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबार राति तराई भू-भागका थोरै स्थानमा हुस्सु रहने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भू-भागमा साधारणतया बादल लाग्ने छ र बाँकी भू-भागमा आंशिक बादल लाग्ने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।
मंगलबार दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने छ र बाँकी भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चि प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात/वर्षा तथा बाँकी हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका बाँकी भू-भागका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका  बाँकी भू-भाग तथा कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने छ र बाँकी भू-भागमा आंशिक बादल लाग्ने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात/वर्षा तथा बाँकी हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भाग तथा कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...