भक्तपुर बाल सुधार गृहका १८ वर्षभन्दा माथिका ७५ जनाको नुवाकोटमा स्थानान्तरण

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १९ माघ । भक्तपुरको बाल सुधार गृहमा रहेका १८ वर्षभन्दा माथिका ७५ जनालाई नुवाकोट कारागारमा स्थानान्तरण गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार केन्द्रीय कारागार कार्यालय नुवाकोटमा खाली रहेको ब्लकमा राख्नका लागि भक्तपुरबाट ७५ जनालाई आइतबार स्थानान्तरण गरेको हो।
यसअघि पुस ३ गते बसेको मन्त्रिपरिषदको बैठकले १८ वर्षभन्दा माथिका बिज्याइँकर्तालाई स्थानान्तरण गर्ने निर्णय गरेको थियो।
माघ ९ गते जिल्ला सुरक्षा समिति भक्तपुरको बैठकले पनि उनीहरूलाई स्थानान्तरण गर्ने निर्णय गरेको थियो । त्यसअनुसार माघ १५ गते ७६ जनालाई स्थानान्तरण गर्न अनुमति दिइएको थियो। एक जना बिरामी भएकाले ७५ जनालाई नुवाकोट पठाइएको हो।
बाल सुधार गृहबाट थप ६७ जनालाई पनि स्थानान्तरण गर्ने तयारी छ। यसअघि माघ ८ गते भक्तपुरको सुधार गृहमा झडप भएको थियो। १८ वर्षभन्दा मुनि र माथिका बालकहरूबीच झडप हुने गरेपछि यो निर्णय गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...