७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ सेवा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १८ माघ । काठमाडौं महानगरपालिकाले ७० वर्षमाथिका नागरिकलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । कार्यक्रमअन्तर्गत महानगरले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण आइतबारबाट सुरु गरेको छ । आधारभूत सेवाका लागि घरघरमा जाने नर्सिङ कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका विभिन्न उपचारका साधन दिएको महानगरले बताएको छ ।

कार्यबाहक प्रमुख सुनिता डंगोलले सेवामा खटिने कर्मचारीले पदीय जिम्मेवारी मात्र नभएर मानवीय सेवाको काम पनि गर्ने बताइन् । ‘कोही नभएका ज्येष्ठ नागरिकलाई हाम्रा लागि पनि कोही रहेछन्, पर्दा सहयोग पाइने रहेछ भन्ने मनदेखि नै अनुभूति गराउने आचरण गर्नुहोला,’ उनले भनिन्, ‘आपत् टार्ने पैसा नहुँदा, अप्ठ्यारो पर्दा साथ दिने कोही नहुँदा तपाईंले सोचेको जस्तो व्यवहार ज्येष्ठ नागरिकबाट प्राप्त नहुन सक्छ, यसलाई स्वाभाविक ठान्नु । उहाँहरुलाई सम्झाउनु बुझाउनु, सहज वातावरण बनाएर काम गर्नुहोला ।’

सम्पत्ति भए पनि सहयोग गर्ने परिवारका सदस्य नभएका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित सर्वेक्षण थालनी हुन लागेको महानगरले जनाएको छ । शारीरिक अशक्तता, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्नेलाई घरमै स्वास्थ्यकर्मी पठाउने तयारी छ ।
कार्यक्रमका उद्देश्यका विषयमा स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार उक्त सेवामा औषधि व्यवस्थापन र पोषण परामर्श जस्ता रहेका छन् । कार्यक्रमका फोकल पर्सन अस्पताल नर्सिङ निरीक्षक कल्पना श्रेष्ठले ज्येष्ठ नागरिकलाई सजिलै भेट्न र आवश्यकता अनुसार कुरा गर्ने वातावरणका लागि वडा कार्यालय र महिला स्वास्थ्य स्वयंसेविकासँग समन्वय गर्ने बताइन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...