बालेन, महेश, हर्क, निकोलस र जानुकालाई आयोगले सोध्यो स्पष्टीकरण

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १३ माघ । निर्वाचन आयोगले ५ उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधिएकाहरूमा झापा-५ का बालेन्द्र शाह (बालेन), भक्तपुर-२ का महेश बस्नेत, सुनसरी-१ का हर्क साम्पाङ र रूपन्देही-२ का निकोलस भुसाल छन् ।

बालेनमाथि सोही क्षेत्रका उम्मेदवार केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा गरेको अमर्यादित टिप्पणीका आधारमा स्पष्टीकरण सोधिएको छ । बस्नेतलाई बालेनलाई ‘छाउरा’ भनेको लगायतका विषयमा, साम्पाङलाई चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएको विषयमा र भुसाललाई जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिह्न भनी प्रचार गरेको भन्दै स्पष्टीकरण सोधिएको छ ।
यस्तै, भक्तपुर-२ की उम्मेदवार जानुका पाठकलाई पनि उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको, हत्यारा, बलात्कारीजस्ता शब्द प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।  

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...