निर्वाचनमा खटिने ​​​​​​​कर्मचारीलाई भत्ता र बिमाकाे सुविधा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ८ माघ । निर्वाचनमा खटिने कर्मचारीका लागि भत्ता र बिमाको सुविधाको व्यवस्था गरेको छ । निर्वाचन आयोग, आयोगमातहतका ७७ कार्यालय र १६५ निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीका लागि सुरु तलब स्केलको शतप्रतिशतसम्म निर्वाचन सुविधाको व्यवस्था छ ।
अतिरिक्त समयमा काम गरेकोमा खाजा-खाना खर्चसहितको सुविधा ती कर्मचारीका लागि हुन्छ । मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीलाई दैनिक भत्ताको समेत व्यवस्था छ ।
मतदान अधिकृतलाई २ हजार ५ सय रूपैयाँ, सहायक मतदान अधिकृतलाई २ हजार रूपैयाँ , सहायक कर्मचारीलाई १ हजार ६ सय रूपैयाँ तथा सहयोगी कर्मचारी र स्वयंसेवकलाई जनही १ हजार दुई सय रुपैयाँ दैनिक भत्ताको व्यवस्था गरेको छ । निर्वाचनमा खटिने सबै कर्मचारीलाई जनही २० लाख रुपैयाँको बिमासमेत गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनको चालू खर्चमा सम्बन्धित ४८ वटा काम भइरहेका छन् ।
यिनका लागि ६ अर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ । कर्मचारी सुविधाबारे प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०८२ ले व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...