भक्तपुर क्षेत्र नं. २ मा दुई जना उम्मेदवार विरुद्ध दाबी उजुरी

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ७ माघ ।भक्तपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा दुई जना उम्मेदवार विरुद्ध दावी उजुरी परेको छ । क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवारी दिएका सूर्यविनायक नगरपालिका ९ महतगाउँका सविन महतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजिव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठक विरुद्ध दाबी उजुरी दिएको हो ।
महतले रास्वपा उम्मेदवार खत्रीले पेश्की फस्यौट नभएकोले बेरुजु बाँकी रहेको भन्दै दावी उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै महतले नै नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकले नागरिकता किर्ते गरेको भन्दै उजुरी दर्ता गरेको हो ।
निर्वाचन अधिकृतको कार्यालयले उजुरी दिने र उजुरीमा परेका सबै उम्मेदवारहरुलाई बिहिबार बिहान १० बजे कार्यालयमा सबुत प्रमाणसहित उपस्थित हुन सूचना समेत जारी गरेको छ । तोकिएको समयमा उपस्थित नभए कानून बमोजिम हुने समेत कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...