युएईमा अध्ययनमा पठाउने भन्दै ठगीको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १ माघ । युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पाँच जना संचालकलाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।
फ्रान्स, अष्ट्रेलिया लगायतका युनिभर्सिटीबाट मान्यताप्राप्त युएईमा कलेजमा क्रेडिट ट्रान्सफर हुने गरी शिक्षा प्रदान गर्ने भनेर विद्यार्थीबाट शुल्क लिएको आरोपमा पाँच जनालाई पक्राउ गरेको एसएसपी श्रेष्ठले बताए।
उनका अनुसार शिक्षा मन्त्रालयको निकायबाट स्वीकृति नै नलिएको इन्स्चिट्युटका लागि विद्यार्थी पठाउन भनेर आठ देखि २२ लाख रुपैयाँसम्म रकम लिएको आरोप छ।
पक्राउ पर्नेमा बेस्ट पाथ एडुकेशनका कृष्ण थापा, मर्सी एडुकेशन कन्सल्टेन्सीका रामचन्द्र टन्डन, सिटिहब एडुकेशन नेटवर्कका संचालक सुवास सिलवाल क्षेत्री, कान्तिपुर एब्रोड कन्स्टेन्टका संचालक हेमराज भट्ट र दामोदर ढकाल  छन्।
उनीहरूविरूद्ध १३ जनाले जाहेरी दिएको सिआइबीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

सामान्य बिरामीलाई आकस्मिक उपचार गराए भुक्तानी हुँदैन : स्वास्थ्य बिमा बोर्ड

काठमाडौं, १९ जेठ । स्वास्थ्य बिमा बोर्डले सामान्य बिरामीलाई आकस्मिक उपचार गराए त्यसमा भुक्तानी नगरिने जनाएको छ। सोमबार...

पश्चिमी वायु कमजोर बन्दै

काठमाडौं, १९ जेठ । पश्चिमी वायुको प्रभाव कमजोर बन्दै गएसँगै गर्मी बढेको छ । मधेश तथा कोशी प्रदेशका...

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...