ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या

Date:

Share post:

Changunarayan Nagarpalika

ललितपुर, २९ पुस । ललितपुरको बाफलमा एक जना वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला परेको छ। सोमबार ललितपुर महानगरपालिका-१७ बाफलस्थित खाली जग्गामा रहेको इनारभित्र शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।
मृतक इलाम घर भई प्रसिद्धिनगर बाफल बस्ने ८३ वर्षीय गर्जमान थापा छन्। उनी पुस २६ गते बिहान ११ बजे घरबाट निस्किएका थिए। घरमा बेलुकी अबेरसम्म पनि नफर्किएपछि परिवारले प्रहरी वृत्त सातदोबाटोमा साँझ ७ बजेतिर हराएको निवेदन दिएको थियो।
खोजी गर्नेक्रममा प्रहरीले इनारमा पनि हेरेको थियो। त्यहाँ बोरा भेटिएको थियो। बोराभित्र हात-खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको एसपी जोशीले बताए। मृतकको घाँटीमा चोट समेत देखिएको छ। प्रहरीले घटनामा संलग्न तीन जना भारतीय नागरिकलाई पक्राउ समेत गरेको छ। सद्दाम मन्सुरी, युसुफ हवारी र मोहम्मद लोमान पक्राउ परेका हुन्।उनीहरूले सुनको औंठीका लागि हत्या गरेको प्रहरीले बताएको छ। ‘औंठी लुट्नका लागि हत्या गरेको देखिन्छ। गर्जमान त्यहाँ नजिकै भएकाले आइरहने रहेछन्। पक्राउ परेका व्यक्तिहरू फर्निचरको काम गर्थे,’ एसपी जोशीले भने, ‘हामीले लुटिएको औंठी पनि बरामद गरेका छौं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

चाँगुनारायण-६ सार्वजनिक सुनुवाइ: धनबहादुर लामा उत्कृष्ट वडाध्यक्ष

भक्तपुर, १९ जेठ । चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष धनबहादुर लामालाई स्थानीयबासिन्दाले उत्कृष्ट वडाध्यक्षको संज्ञा दिएका...

सामान्य बिरामीलाई आकस्मिक उपचार गराए भुक्तानी हुँदैन : स्वास्थ्य बिमा बोर्ड

काठमाडौं, १९ जेठ । स्वास्थ्य बिमा बोर्डले सामान्य बिरामीलाई आकस्मिक उपचार गराए त्यसमा भुक्तानी नगरिने जनाएको छ। सोमबार...

पश्चिमी वायु कमजोर बन्दै

काठमाडौं, १९ जेठ । पश्चिमी वायुको प्रभाव कमजोर बन्दै गएसँगै गर्मी बढेको छ । मधेश तथा कोशी प्रदेशका...

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...