तीन पत्रकार सम्मानित

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, २३ पुस । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २९ औं स्थापना दिवसको अवसरमा तीन जना पत्रकार सम्मानित भएका छन् । महासंघले स्थापना गरेको स्व.भगवान दास राजकुमार महर्जन स्मृति पत्रकारिताद्वारा राष्ट्रिय संचार केन्द्र नेपालका अध्यक्ष पेशल कुमार आचार्य, स्व.मैंयादेवी शिल्पकार स्मृति पत्रकारिताद्वारा कान्तिपुर टेलिभिजनका फोटो पत्रकार विनोद कोजु र हेरिटेज नेपाल न्यूजकी लीला श्रेष्ठ सम्मानित भएका हुन् । तीन दशक भन्दा लामो समयदेखि पत्रकारितामा योगदान पुर्‍याएका आचार्यलाई १५ हजार रूपैयाँ नगद सहित सम्मान गरेका छन् भने, कोजु र श्रेष्ठलाईजनही २ हजार ५ सय रूपैयाँ नगद सहित सम्मान गरेको महासंघका उपाध्यक्ष एवम् पुरस्कार छनोट समितिका संयोजक हेमराज ढकालले बताए। उनीहरूलाई सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदिश खरेलले सम्मान तथा पुरस्कृत गरेको हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले आजको दिनसम्म कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नभएको स्पष्ट पारे। आफ्ना बारेमा विभिन्न चर्चा चल्नेगरेको भन्दै उनले चुनाव लड्ने वा नलड्ने समेत कुनै निर्णय नगरेको बताए। मन्त्री खरेलले आफू र सरकारको सम्पूर्ण ध्यान तोकिएको समयमा नै निर्वाचन गर्नेमा केन्द्रित रहेको बताए। सञ्चारमाध्यमबाट हुने गलत सूचनाले निर्वाचनलाई समेत असर गर्नसक्ने भएकाले सहज हुन उनले आग्रह गरे।
उनले फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न हुने भन्दै सञ्चारमाध्यमले पनि सहि सूचना प्रवाह गर्न आग्रह गरे।

कार्यक्रममा बागमती प्रदेश संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पत्रकारले ‘लाईक, सेयर र भ्यूज’ को मात्र ख्याल नगरी सत्य, तथ्य र निष्पक्ष पत्रकारिता गर्नुपर्ने बताएका छन् ।पत्रकारले प्रदेश सरकारले मूलुकको ठूलो धनराशि मात्र सिध्याएको छ भन्ने भ्रमपूर्ण समाचार मात्र नलेखी प्रदेशको संरचना आवश्यक पनि छ/छैन भन्ने कुरा बुझेर तथ्यपूर्ण समाचार ल्याउनुपर्ने श्रेष्ठले स्पष्ट पारे ।

त्यसैगरी, नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष उमित वाकचन, मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, शाखाका पूर्वअध्यक्ष नारायणसुन्दर किलम्बु, नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाडौंकी अध्यक्ष शोभा अर्याल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा ललितपुरका अध्यक्ष रामहरि कार्की, पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलगायतले पत्रकारले संयमित भएर तथ्यपूर्ण र व्यवसायिक ढंगबाट पत्रकारिता गर्नुपर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

पश्चिमी वायु कमजोर बन्दै

काठमाडौं, १९ जेठ । पश्चिमी वायुको प्रभाव कमजोर बन्दै गएसँगै गर्मी बढेको छ । मधेश तथा कोशी प्रदेशका...

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...

बजेटको आकार घटाउँदै बागमती प्रदेश सरकार

मकवानपुर, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ...