हेरिटेज नेपाल न्यूज

नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २१ पुस । काठमाडौंमा नक्कली नोट छाप्ने मेसिनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली नोटसहित ६ जनालाई यसअघि पुस १६ गते नै पक्राउ गरेको थियो।
गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल चोकबाट एक हजार दरको नक्कली नोट ९३ वटासहित ६ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूमाथि अनुसन्धान गरिरहँदा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार बारा कलैया उपमहानगर-२ कबलपुर बस्ने २८ वर्षको गौरीशंकर यादवलाई सुरूमा नियन्त्रणमा लिएको थियो।
उनीमाथि सोधपुछ गरेपछि भारत मोतिहारी लाला टोलमा डेरा गरी बस्ने २८ वर्षीय रविकुमार श्रीवास्तवले नक्कली नोट छाप्ने गरेको खुलेको थियो। उनले नक्कली नोट नेपालमै छाप्न मेसिनसहित नेपाल आउँदै गरेको सूचना प्रहरीले पाएको थियो। परिसर, प्रहरी वृत्त बौद्ध र बारा जिल्ला प्रहरीको संयुक्त अपरेसनपछि प्रहरीले आइतबार उनलाई पक्राउ गरेको हो।
उनी आफ्नो बाइकमा प्रिन्टिङ मेसिन ल्याउँदै गर्दा पक्राउ परेका हुन्। उनीबाट प्रहरीले पाँच सय दरको ३१७ वटा नक्कली नोट, कम्प्युटर मनिटर, एउटा पेस्तोल, प्रिन्टर, विभिन्न कागजहरू पनि बरामद भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...