नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २१ पुस । काठमाडौंमा नक्कली नोट छाप्ने मेसिनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली नोटसहित ६ जनालाई यसअघि पुस १६ गते नै पक्राउ गरेको थियो।
गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल चोकबाट एक हजार दरको नक्कली नोट ९३ वटासहित ६ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूमाथि अनुसन्धान गरिरहँदा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार बारा कलैया उपमहानगर-२ कबलपुर बस्ने २८ वर्षको गौरीशंकर यादवलाई सुरूमा नियन्त्रणमा लिएको थियो।
उनीमाथि सोधपुछ गरेपछि भारत मोतिहारी लाला टोलमा डेरा गरी बस्ने २८ वर्षीय रविकुमार श्रीवास्तवले नक्कली नोट छाप्ने गरेको खुलेको थियो। उनले नक्कली नोट नेपालमै छाप्न मेसिनसहित नेपाल आउँदै गरेको सूचना प्रहरीले पाएको थियो। परिसर, प्रहरी वृत्त बौद्ध र बारा जिल्ला प्रहरीको संयुक्त अपरेसनपछि प्रहरीले आइतबार उनलाई पक्राउ गरेको हो।
उनी आफ्नो बाइकमा प्रिन्टिङ मेसिन ल्याउँदै गर्दा पक्राउ परेका हुन्। उनीबाट प्रहरीले पाँच सय दरको ३१७ वटा नक्कली नोट, कम्प्युटर मनिटर, एउटा पेस्तोल, प्रिन्टर, विभिन्न कागजहरू पनि बरामद भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...