भक्तपुर, २१ पुस । मध्यपुर थिमिमा एक युवाले कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । मध्यपुर थिमी नगरपालिका-६, राईटोल बस्दै ४० वर्षीय आएका सनिप चाम्लिङ राईले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरेको भक्तपुर प्रहरीले जनाएको छ ।
भक्तपुर प्रहरी प्रवक्ता डीएसपी प्रकाश जबेगुका अनुसार प्रारम्भिक जाँच अनुसार राईले आफ्नै कन्चटमा गोली हानेको जस्तो देखिएको छ ।उनले लाइसेन्स प्राप्त हतियारबाट आफैंलाई गोली हानेको जस्तो देखिएको हो । ‘त्यो हतियार उनका भिनाजु सूर्यकुमार नेम्वाङको नाममा दर्ता रहेछ, अन्य कुरा बुझिरहेका छौं,’ डीएसपी जबेगुले भने । अहिले प्रहरी वृत्त थिमीबाट अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगेको छ ।



