काठमाडौं, १७ पुस । प्रहरीले काठमाडौं गोकर्णेश्वरबाट एक हजार दरको ९३ थान नक्कली नोट सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका-२ घरभई काठमाडौं, शंखरापुर नगरपालिका-४ साँखु बस्ने ३२ वर्षीय दावा नोर्वु शेर्पा, ४४ वर्षीय पासाङ शेर्पा, सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका-३ घरभई साँखु बस्ने ३२ वर्षीय प्रकाश गुरुङ, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१० का ४२ वर्षीया रेणुका भारती, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-२ का ६५ वर्षीय गोकर्ण थापा र शंखरापुर नगरपालिका-३ का ४३ वर्षीय सुक बहादुर स्याङ्बो छन् ।
शुक्रबार नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलचोकबाट नक्कली नोट सहित उनीहरुलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।



