९३ थान नक्कली नोट सहित ६ जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १७ पुस । प्रहरीले काठमाडौं गोकर्णेश्वरबाट एक हजार दरको ९३ थान नक्कली नोट सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका-२ घरभई काठमाडौं, शंखरापुर नगरपालिका-४ साँखु बस्ने ३२ वर्षीय दावा नोर्वु शेर्पा, ४४ वर्षीय पासाङ शेर्पा, सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका-३ घरभई साँखु बस्ने ३२ वर्षीय प्रकाश गुरुङ, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१० का ४२ वर्षीया रेणुका भारती, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-२ का ६५ वर्षीय गोकर्ण थापा र शंखरापुर नगरपालिका-३ का ४३ वर्षीय सुक बहादुर स्याङ्बो छन् ।

शुक्रबार नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलचोकबाट नक्कली नोट सहित उनीहरुलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...