वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको न्यरोसर्जिकल शल्यक्रिया

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १७ पुस । वीर अस्पतालमा काठमाडौंको कोटेश्वर निवासी १०३ वर्षीया वृद्धाको दुर्लभ न्यूरोसर्जिकल शल्यक्रिया गरिएको छ। मस्तिष्कमा ठूलो रक्तस्राव (ब्रेन हेमरेज) भएकी बृद्वाको न्यूरो शल्यचिकित्सक प्रा.डा. राजिव झाको टोलीले शल्यक्रिया गरेको हो।  डा. झाले उमेरलाई चुनौती दिँदै १०३ वर्षीया वृद्धाको पहिलो पटक शल्यक्रिया गरेको र सफल भएको अस्पतालले जनाएको छ।
शल्यक्रिया नगर्दा तत्काल बिरामीको मृत्यु हुने देखेपछि जोखिम मोलेर नै शल्यक्रिया गर्ने निर्णय गरेको जनाएको छ । यसअघि नेपालमा यो उमेर समूहका कसैको पनि शल्यक्रिया नभएकाले यो नै पहिलो न्यूरोशल्यक्रिया भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
शल्यक्रियापछि बिरामीको अवस्थामा उल्लेखनीय सुधार देखिएको अस्पतालले जनाएको छ। अस्पतालले जारी गरेको विज्ञप्तिमा एक महिनादेखि टाउको दुख्ने र पटक–पटक लड्ने समस्या देखिएकोमा परिवारले यसलाई अत्यधिक उमेर र सामान्य कमजोरीका कारण भएको ठानेको थियो।
दुई दिनसम्म लगातार अचेत भएपछि वीर अस्पताल ल्याइएकी थिइन् । १०० वर्षभन्दा बढी उमेरका व्यक्तिमा सफल मस्तिष्क शल्यक्रिया हुनु विश्वमै अत्यन्तै दुर्लभ मानिने चिकित्सकहरू बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...