नक्कली शाखा अधिकृत पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ९ पुस । आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्त पत्र प्राप्त गरेको नक्कली कागजात तयार गरी सरकारी कर्मचारीले लगाउने पोशाक समेत लगाई प्राप्त नगरेको ओहदाको परिचय देखाई फाईदा लनि खोज्ने ललितपुर महानगर-१५ थसिखेल घरभई काठमाडौं महानगर-२२ झोछे बस्ने २३ वर्षीय समन श्रेष्ठ सोमबार पक्राउ परेका हुन् ।

उनले सिंहदरबार लगायत अन्य सरकारी निकायमा गई नभएको ओहदा तथा परिचय दिने गरेको, आफै उपस्थित भएर वा फोनबाट सरकारी कर्मचारी भएको परिचय दिई सर्वसाधारणलाई प्रभावमा पार्ने गरेको, आर्थिकलाभ लिई विभिन्न व्यक्तिहरुलाई जागिर लगाईदिन्छु भनी झुक्यानमा पार्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजी कुमार आचार्यले जानकारी दिए । उनको साथबाट प्रहरीले बागमती प्रदेश लोक सेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्त गरेको नियुक्ति पत्र, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अधिकृत पदमा नियुक्त पुष्ट‌ि सम्बन्धी पत्र, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिएको परिचय पत्र, अर्थ मन्त्रालयबाट तलब भुक्तानी सम्बन्धीको पत्र, लगायत बरामत गरेको छ ।

उनी विरुद्ध सरकारी छाप तथा लिखित सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर पठाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

रवि लामिछानेको सांसद पद निलम्बनको माग सहित सर्वोच्चमा रिट

काठमाडौं, ८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बनको माग राख्दै...

२३ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौं, ८ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख लाख...

नयाँ बसपार्कबाट एकीकृत यात्रुबाहक सवारी साधन सञ्चालन गर्न अन्तिम ३ दिनको अवधि

काठमाडौँ, ८ वैशाख । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम ३...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन समय परिवर्तन

काठमाडौं, ७ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आजरातिदेखि दैनिक सञ्चालन समय परिवर्तन हुने भएको छ। विमानस्थल अब प्रत्येक...