गुहेश्वरीमा हवाइ इन्धन डिपो निर्माण थाल्न सचिवस्तरीय निरीक्षण र निर्देशन

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ५ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारसँगै बढ्दो हवाइ इन्धनको मागलाई मध्यनजर गर्दै सरकारले नयाँ हवाइ इन्धन डिपो निर्माण प्रक्रिया जतिसक्दो छिटो अघि बढाउन नेपाल आयल निगमलाई निर्देशन दिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव मुकुन्द निरौला र वाणिज्य तथा आपूर्ति सचिव डा. रामप्रसाद घिमिरेले शुक्रबार दिउँसो सिनामंगलस्थित हाल सञ्चालनमा रहेको हवाइ इन्धन डिपो तथा गुहेश्वरीमा प्रस्तावित नयाँ डिपो निर्माणस्थलको संयुक्त निरीक्षण गर्दै निर्माण कार्य तत्काल सुरु गर्न निर्देशन दिएका हुन्।
आयल निगमले गुहेश्वरीस्थित एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा नयाँ हवाइ इन्धन डिपो निर्माण गर्ने तयारी गरिसकेको छ। सोका लागि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकबाट विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ। निरीक्षणका क्रममा उद्योग मन्त्रालयका सहसचिव शिवराम पोख्रेलले डिपिआरअनुसार काम अघि बढाउन दुवै मन्त्रालयबाट आवश्यक सहजीकरण भइरहेको जानकारी दिए।
“त्रिभुवन विमानस्थल विस्तारको काम चलिरहेकाले नयाँ स्थानमा इन्धन डिपो निर्माण अब अपरिहार्य भइसकेको छ,” पोख्रेलले भने, “त्यसैले निर्माण प्रक्रिया छिटो अघि बढाउन सचिवस्तरबाट स्थल निरीक्षण गरिएको हो।”नागरिक उड्डयन प्राधिकरणले गुहेश्वरीमा नयाँ डिपोका लागि सय रोपनीभन्दा बढी जग्गा उपलब्ध गराइसकेको छ।

निगमले जग्गा प्राप्त गरी सम्याउनेलगायत प्रारम्भिक कामसमेत सुरु गरिसकेको भए पनि लिज सम्झौतामा सहमति नजुट्दा निर्माण कार्य अगाडि बढ्न सकेको छैन। पोख्रेलका अनुसार डिपो निर्माण अवधिभरको जग्गा भाडा छुट दिनुपर्ने निगमको मागमा पर्यटन मन्त्रालयले निर्णय गर्न नसक्दा समस्या उत्पन्न भएको हो। “सिनामंगल डिपोको भाडा तिरिरहेको अवस्थामा गुहेश्वरीमा पनि निर्माण सुरु भएदेखि नै भाडा तिर्नुपर्दा दोहोरो आर्थिक भार पर्छ,” उनले भने, “यस विषयमा सहजीकरणका लागि पर्यटन मन्त्रालयलाई आग्रह गरिएको छ। चाँडै निकास निस्कने अपेक्षा छ।”

हाल पर्यटन तथा उद्योग दुवै मन्त्रालयको जिम्मेवारी मन्त्री अनिलकुमार सिन्हासँग रहेकाले भाडा छुटसम्बन्धी निर्णय सहज हुने आयल निगमका अधिकारीहरूको विश्वास छ।गुहेश्वरीस्थित हवाइ इन्धन डिपो परियोजनाका संयोजक तथा आयल निगमका उपनिर्देशक प्रदीप यादवले सचिवस्तरबाट स्पष्ट निर्देशन प्राप्त भइसकेकाले निर्माण कार्य छिट्टै सुरु गरिने बताए। “सरकारी निर्देशनअनुसार हामी तत्काल काम अघि बढाउने तयारीमा छौं,” उनले भने।
<span;>उल्लेख्य छ, २०८१ साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले गुहेश्वरीमा नयाँ हवाइ इन्धन डिपो निर्माण गर्ने निर्णय गरेको थियो। त्यसपछि पुल्चोक इन्जिनियरिङ कलेजलाई डिपिआर तयार गर्ने जिम्मेवारी दिइएको थियो। डिपिआरअनुसार नयाँ डिपो निर्माणमा ६ अर्ब ५४ करोड २९ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। निगमले आगामी ५० वर्षसम्मको हवाइ इन्धन माग धान्ने क्षमताको भण्डारण गृह निर्माण गर्ने योजना बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

पश्चिमी वायु कमजोर बन्दै

काठमाडौं, १९ जेठ । पश्चिमी वायुको प्रभाव कमजोर बन्दै गएसँगै गर्मी बढेको छ । मधेश तथा कोशी प्रदेशका...

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...

बजेटको आकार घटाउँदै बागमती प्रदेश सरकार

मकवानपुर, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ...