भक्तपुरमा १३ औं घरेलु उत्पादन प्रवर्द्धन मेला

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ३ पुस । भक्तपुरमा घरेलु उत्पादन मेला सुरु भएको छ। भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा उद्योग वाणिज्य कार्यालय र गो लोकलको सहकार्यमा भक्तपुरको संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि भन्दै ३ दिने मेला बिहीबारदेखि सुरु भएको छ। नःपुखु परिसरमा सञ्चालित तीन दिने घरेलु उत्पादन मेलाको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरे। कार्यक्रममा बोल्दै उनले घरेलु उद्योगहरुले देशका धेरै युवाहरुलाई रोजगारी प्रदान गरिरहेको बताउँदै हाम्रा उत्पादनहरु विश्व बजारमा पुर्याउन संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए। भक्तपुर धेरै घरेलु उत्पादन हुने ठाउँ हो भन्दै उनले भक्तपुरमा ससाना मेला तथा उत्सवहरु समय समयमा भइरहको बताए ।
भक्तपुरको घरेलु उत्पादनको प्रयोग र खरिदमा जनतालाई उत्साहित गर्दै आएको बताउँदै उनले नगरपालिकाले युवा लक्षित सीपमूलक तालिम सञ्चालन र युवा उद्यमशील ऋणको व्यवस्था गर्दै आएको बताएका छन्। उनले घरेलु उद्योगहरुलाई सक्दो सहज ऋणको व्यवस्था गर्नु उपयुक्त हुने बताए ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले तीन दिने घरेलु मेला सफलताको शुभकामना दिँदै घरेलु उद्योगले स्थानीय उत्पादन प्रवर्द्धन गर्नुका साथै देशको आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको बताए। नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले उद्यमीहरुको उद्यम प्रवर्द्धनमा उद्यमीहरु नै संगठित हुनुपर्ने बताउँदै स्थानीय सरकारको साथ र सहयोगले मात्र भक्तपुर घरेलु उद्योगहरु सञ्चालनमा सहजता मिल्ने बताए ।
उक्त कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुखु रामप्रसाद कुस्मा, गो लोकका संयोजक विरेन्द्र जति, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, महिला उद्यमी समितिका अध्यक्ष कमलश्वरी खर्बुजाले बताएका छन्। मेलामा जुजु धौ, भादगाउँले टोपी, ख्वप बजी, घरबुना कपडा, काष्ठकला, हस्तकला, धातुकला, प्रस्तर कला, प्रस्तर कला, माटाका भाडाहरु, कृषि उत्पादनहरु, तोरीको तेल, नेपाली अचार, पाउँका प्रकारहरु, नर्सरी तथा अन्य थुप्रै घरेलु उत्पादनहरुका साथै नेवारी खाजाका परिवार र च्याउका परिकारहरु राखिएको आयोजकले जनाएको छ ।
मेला पुस ३, ४ र ५ चैत बिहान १० बजेदेखि साँझ ६ बजेसम्म नःपुखु परिसरमा गरिने र प्रवेश शुल्क निःशुल्क गरिएको आयोजकले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...