बोरामा बाँधिएकाे अवस्थामा इनारमा शव फेला

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ३ पुस । ललितपुरमा एक जना युवकको शव इनारभित्र बोरामा बाँधिएको अवस्थामा फेला परेको छ। बुधबार अपराह्न महालक्ष्मी नगरपालिका-८ लुभूको विषुण्डोल जाने बाटोनजिकै रहेको एक इनारभित्र युवकको शव फेला परेको हो।
हत्या गरी बोरामा राखेर इनारभित्र शव फालिएको अवस्थामा फेला परेको र नजिकै तरकारी खेती गर्नेहरूले बोरा देखेपछि प्रहरीलाई खबर गरेकाे ललितपुर प्रहरी प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए । अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो।

  • उक्त शवको पहिचान खुलिसकेको थिएन। बिहीबार बिहान अनुसन्धानको क्रममा शवको सनाखत भएको जोशीले जानकारी दिए। मृतक सिन्धुलीका २५ वर्षीय केशवराज हायु हुन्। उनी मंसिर २० गतेदेखि सम्पर्कबिहीन थिए। ‘कर्तव्य गरी पछि बोरामा हालेर इनारभित्र फ्याँकिएको अवस्थामा शव फेला परेको छ,  यसबारे अनुसन्धान भईरहेको छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आइतबार बागमती प्रदेश सभाको बैठक आव्हान

काठमाडौं, ४ चैत । बागमती प्रदेश सभाको बैठक आव्हान गरिएको छ । ६ बैशाख आइतबार बिहान ११ बजे...

भक्तपुर नगरभित्र सञ्चालित विद्यालय पूर्ववत् रूपमै सञ्चालन हुने

भक्तपुर, ४ वैशाख । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने भएका छन् । नगर...

शनिबार सल्लाघारीमा विषेश कन्शर्ट

भक्तपुर, ४ वैशाख । वैशाख ५ गते (शनिबार) भक्तपुरको सल्लाघारीमा विषेश कन्शर्ट हुने भएको छ । भक्तपुर औद्योगिक...

सुजन बाग श्रेष्ठले चौथो पल्ट जिब्रो छेडाए

भक्तपुर, २ वैशाख । मध्यपुर थिमि नगरपालिका-८ बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले बिस्काः (बिस्केट) जात्रामा जिब्रो छेड्ने...