लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ : ओली

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २७ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले नेपालमा लोकतन्त्र अजेय रहेको बताएका छन्। एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा सम्बोधन गर्ने क्रममा विभिन्न प्रहारका बाबजुद लोकतन्त्र र एमाले अविचलित रहेको उनले बताए ।
एमाले अध्यक्ष ओलीले भदौ २३ र २४ मा देशका आधार स्तम्भमाथि प्रहार भएको बताए । उनले पुराना राजनीतिक दलहरूविरुद्ध गलत भाष्य निर्माण गर्न खोजिएको पनि आरोप लगाए । ‘सम्झिइरहेको छु, तीन महिनाअगाडिका ती कहालीलाग्दा दिनहरू । जतिबेला देश युद्धभूमिजस्तै जलिरहेको थियो । आततायीहरूबाट जलाइरहेको थियो । जतिबेला संविधान, लोकतन्त्र र यसका आधार स्तम्भ राजनीतिक दलहरूमाथि भीषण हमला गरिएको थियो,’ ओलीले भने, ‘एउटा भाष्य निर्माण गर्ने कोसिस भइरहेको थियो, पुराना पार्टीहरू सकिए, पुराना नेताका दिन गए र एमालेको सान्दर्भिकता समाप्त भयो । यस्तो भाष्य खडा गर्न खोजिएको थियो ।’
अध्यक्ष ओलीले पार्टीविरुद्ध भइरहेको प्रहारबीच पनि पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक र जनता एमालेको साथमा रहेको बताए । ‘धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै यो जनसागर ओर्लिएको छ । म ढुक्कका साथ भन्छु, लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ,’ उनले भने ।
एमाले देशभक्त र जनताको हितमा समर्पित पार्टी रहेको भन्दै ओलीले जनताले राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए । भदौ २३ र २४ मा जेन-जी प्रदर्शन भएको थियो । त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । भदौ २४ मा काठमाडौं लगायत देशभर विध्वंश हुँदा ओलीले राजीनामा दिनुपरेको थियो । महाधिवेशनमा ओलीले ती दिन सम्झिएका हुन् । 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...